close

फेसबुक म्यासेन्जरमा आयो ‘भ्यानिश मोड’, च्याट स्वतः गायब हुने

टेकपाना टेकपाना

माघ २९, २०७८ ९:३७

फेसबुक म्यासेन्जरमा आयो ‘भ्यानिश मोड’, च्याट स्वतः गायब हुने

काठमाडौं । मेटाले फेसबुक म्यासेन्जरका प्रयोगकर्ताका लाग नयाँ ‘भ्यानिश मोड’ थप गरेकाे छ । यसअघि यो फिचर ह्वाट्सएप र इन्स्टाग्राममा आइसकेको छ ।

‘याे फिचरकाे सहयोगमा तपाईं यस्ता म्यासेज पठाउन सक्नुहुनेछ, जो स्वतः गायब हुनेछन् । जब तपाईं म्यासेज हेर्नुहुनेछ, लगत्तै च्याटबाट ती म्यासेज स्वतः गायब हुनेछन्,’ कम्पनीले भनेको छ ।

म्यासेञ्जरको भ्यानिश मोड प्रयोगकर्ताका लागि प्रयोग गर्न समेत निकै सहज छ । अपडेट पश्चात तपाईं आफ्नो म्यासेञ्जर च्याट थ्रेडलाई स्वाइप अप गरेर (औंलाले माथितर्फ धकेलेर) भ्यानिश मोडमा प्रवेश गर्न सक्नुहुनेछ ।

दोस्रो पटक स्वाइप अप गरेपछि पुनः म्यासेञ्जर नर्मल मोडमा फर्किनेछ । तर याे फिचर ग्रुप च्याटमा भने उपलब्ध छैन ।

फेसबुक म्यासेञ्जरको भ्यानिश मोडमा टेक्स्टमात्र नभएर मिम्स, जीआईएफ, स्टिकर, रियाक्सनसमेत स्वतः डिलिट हुनेछन् ।

तपाईंले यसबाट कुनै निश्चित व्यक्तिसँग भ्यानिश मोड प्रयोग गर्ने कि नगर्ने भन्ने कुर तय गर्न सक्नुहुनेछ । यदि भ्यानिश मोडमा कसैले स्क्रिनशट लिन्छ भने तपाईंलाई समेत त्यसको नोटिफिकेसन प्राप्त हुनेछ ।

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध गराइएको यो सुविधासहित फेसबुक मेसेन्जरका च्याट इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुने मेटाले जनाएकाे छ ।

Product mock of Vanish Mode on Messenger

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२