close

नासाको सबैभन्दा ठूलो स्पेस टेलिस्कोपले खिचेका तस्वीर सार्वजनिक

टेकपाना टेकपाना

माघ २९, २०७८ १५:१५

नासाको सबैभन्दा ठूलो स्पेस टेलिस्कोपले खिचेका तस्वीर सार्वजनिक

काठमाडौं । नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचेका तस्वीरहरू सार्वजनिक गरेको छ । उक्त तस्वीरमा आफू पूर्ण क्षमतामा पुग्नुअघि खिचेको टेलिस्कोपको १८ मुख्य मिरर सेग्मेन्टले खिचेको दृश्य कैद भएकाे छ ।

सार्वजनिक भएका तस्वीर केही धमिलो छ, तर यो वास्तवमा टाढाको ब्रह्माण्डको अल्ट्रा-शार्प (स्पष्ट) तस्वीरहरू लिन टेलिस्कोपले गरेको राम्रो सुरुवात हो ।

तस्वीरमा प्रकाशको १८ विन्दु देख्न सकिन्छ, जसमा ‘एचडी ८४४०६’ नाम दिइएको तारा अवस्थित छ ।

प्रत्येक मुख्य मिरर सेग्मेन्टबाट सङ्कलन गरिएको प्रकाश टेलिस्कोपको सेकेन्डरी मिररमा प्रतिबिम्बित गरियाे, त्यसपछि टेलिस्कोपको प्रमुख इमेजिङ डिभाइसहरू, नजिकको इन्फ्रारेड क्यामेरा प्रयोग गरेर उक्त तस्वीरको मापन गरिएको थियो ।

नासाका अनुसार संकलित प्रकाशका विन्दुहरूले तस्वीर लिन करिब २५ घण्टा लागेको थियो । सो समयमा उक्त ताराको करिब १८ वटा तस्वीर कैद गरिएको छ ।

यो टेलिस्कोपमार्फत वेबको लक्ष्य ब्रह्माण्डमा चम्किने तारा र आकाशगंगाहरू देखाउने प्रयास गर्नु रहेकाे छ । सँगै यो टेलिस्कोप अन्य ग्रहहरूमा मान्छेजस्तै अन्य कुनै जीव छन् कि छैनन् भनेर खोज्नका लागि पनि प्रयोग गरिने बताइएको छ ।

जेम्स वेब टेलिस्कोपको नाम अपोलो मुन कार्यक्रमका आर्किटेकमध्ये एकको नामबाट राखिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२