काठमाडौं । रियलमीले सन् २०२० को जुलाईमा १२५ वाट अल्ट्रा डार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको थियो । हालसम्म कम्पनीले यो प्रविधिमा आधारित स्मार्टफोन भने सार्वजनिक भने गरेको छैन ।
यसअघि सञ्चारमाध्यमसँग कुरा गर्दै रियलमीका उपाध्यक्ष माधव शेठले सन् २०२२ भित्र १२५ वाटमा आधारित स्मार्टफोन बजारमा ल्याउने बताएका थिए ।
१२५ वाट चार्जिङ सिस्टमको व्यवसायिक सुरुवात हुन नसकेता पनि यतिबेला नयाँ चर्चा सुरु भएको छ । कम्पनीले अब एकैपटक ८० र १५० वाट चार्जिङ सिस्टमयुक्त स्मार्टफोन सार्वजनिक गर्न तयारी गरेको छ ।
यो जानकारी टिप्सटर ‘डिजिटल च्याट स्टेसन’ ले बाहिर ल्याएको हो । जसअनुसार १५० वाटको चार्जिङ सिस्टमका लागि रियलमीले ओप्पोको १६० वाटको पावर एडेप्टर प्रयोगमा ल्याउने छ ।
त्यतिमात्रै नभएर कम्पनीले डाइमेन्सिटी ८००० प्लेटफर्ममा आधारित अर्को स्मार्टफोनको पनि तयारी गरिरहेको जनाइएको छ । कम्पनीले यही बुधबार अर्थात फेब्रुअरी १६ मा एक कार्यक्रमको आयोजना गर्दैछ ।
जसमार्फत कम्पनीले रियलमी ९ प्रो सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जसमा रियलमी ९ प्रो प्लस समेत हुने कम्पनी यसअघि नै जानकारी दिइसकेको छ ।
कम्पनीका अनुसार फोन डाइमेन्सीटी ९२० एसओसीमा आधारित हुनेछ । जुन एन्ड्रोइड १२ मा आधारित प्लेटर्फम हो । यी फोनमा फ्रिंगरप्रिन्ट युक्त एमलोड स्क्रिन रहेको छ ।
ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ५० मेगापिक्सेलको सोनी आईएसएक्स ७६६ क्यामेरा रहने जनाइएको छ ।