close

इन्स्टाग्राम स्टोरीमा अब प्राइभेट लाइक पनि पठाउन मिल्ने

टेकपाना टेकपाना

फागुन ३, २०७८ १८:२०

इन्स्टाग्राम स्टोरीमा अब प्राइभेट लाइक पनि पठाउन मिल्ने

काठमाडौं । मेटाले इन्स्टाग्राम प्रयोगकर्ताको लागि नयाँ फिचर थप गर्ने भएको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले अरुले राखेको स्टोरीमा लाइक पनि गर्न मिल्ने भएको छ ।

यो भन्दा अगाडि स्टोरीहरूमा डाइरेक्ट म्यासेज अथवा इमोजी रियाक्सन मात्र पठाउन मिल्थ्यो । यस्तो हुँदा स्टोरी पठाइएको उक्त रियाक्सन इनबक्समा आउथ्यो ।

अब भने अरुको स्टोरीमा लाइक पनि पठाउन मिल्नेछ । यो फिचर विस्तारै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ ।

यो फिचर उपलब्ध भइसकेपछि स्टोरीमा प्रतिक्रिया दिने ठाउँ अहिले देखिने म्यासेज टाइप गर्ने बक्स र सेन्ड आइकन अथवा प्लेनको जस्तो संकेत भएको आइकनको बीचमा एउटा मुटु आकारको आइकन हुनेछ ।

प्रयोगकर्ताको अन्तर्क्रियालाई थप रोचक बनाउन यो फिचर अपडेट गर्न लागिएको कम्पनीले बताएको छ । 

Instagram Enables Likes on Stories With New 'Private Story Likes' Feature

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२