काठमाडौं । विदेशमा अध्ययनरत एक नेपाली महिलाको तस्वीर/भिडिओ प्रयोग गरी फेसबुकमा अश्लील सामग्री पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देही बुटवल उपहानगरलपालिका वडा नं. ११ देवीनगर बस्ने वर्ष २५ का ‘एलिस’ भन्ने राजन श्रेष्ठ रहेका छन् ।
निज श्रेष्ठले अध्ययनको शिलशिलामा अस्ट्रेलियामा रहेकी एक युवतीको नाममा फेसबुकमा फेक प्रोफाइल बनाई उक्त प्रोफाइलबाट अश्लील तस्वीर/भिडिओ पोस्ट गरी अश्लील स्ट्याटस लेखी पोस्ट गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।
साथै पीडितको महिलाको आफन्त लगायत साथीहरुलाई शेयर गरी निजको चरित्र हत्या गरेको प्रहरीको ठहर छ ।
निज श्रेष्ठले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेकाले मंगलबार उनलाई नियन्त्रणमा लिइएको साइबर ब्यूराेले जनाएकाे छ । ब्यूराेका अनुसार जिल्ला अदालत काठमाडौंको आदेशमा ७ दिन म्याद थप भइ उनीमाथि आवश्यक अनुसन्धान भइरहेकाे छ ।