close

चिप निर्माण क्षमता विस्तारका लागि इन्टेलले खरिद गर्‍यो इजरायली कम्पनी

टेकपाना टेकपाना

फागुन ५, २०७८ १०:१३

चिप निर्माण क्षमता विस्तारका लागि इन्टेलले खरिद गर्‍यो इजरायली कम्पनी

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले आफ्नो क्षमता विस्तारका लागि टावर सेमीकन्डक्टर कम्पनीलाई खरिद गरेको छ । पछिल्लो समय विश्व बजारमा चिपको माग अत्याधिक हुँदा अभाव सिर्जना भइरहेको छ । माग अनुसार चिप बजार पुर्‍याउन नसकी रहेका कम्पनीहरूले चिप निर्माणमा विभिन्न विकल्पहरू खोजी रहेका छन् ।

यस्तोमा इन्टेलले इजरायली चिप निर्माता कम्पनी टावर सेमीकन्डक्टरलाई अर्बौं खर्च गरेर खरिद गरेको हो । टावर सेमीकन्डक्टर कम्पनीले विशेष गरेर रेडियो फ्रिक्वेन्सी चिप, सीएमओएस इमेज सेन्सर र पावर म्यानेजमेन्ट पार्ट निर्माण गर्दै आएको छ ।

विशेष गरी पूर्वाधार, मोबाइल, मेडिकल, औद्योगिक, एयरोस्पेस, अटोमोटिभ र रक्षा सहित धेरै बजारमा यो कम्पनीले निर्माण गरेको चिप खपत हुँदै आएको छ । त्यो भन्दा पनि यो कम्पनीलाई १५० मिमी, २०० मिमी, र ३०० मिमी वेफरहरूमा एनालग सर्किटहरू निर्माण गर्ने प्रमुख कम्पनीको रुपमा लिइन्छ ।

यस्तोका इन्टेलले टावर सेमीकन्डक्टरलाई ५.४ बिलियन डलर अर्थात ६ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा खरिद गरेको हो । यो सँगै कम्पनीले आफ्नो चिपको दायरका साथै बजार विस्तारमा समेत मद्दत पुग्ने बताएको छ । साथै बजारमा इन्टेलसँग माग हुँदै आएको चिपको अभावलाई कम गर्न समेत यो खरिद महत्वपूर्ण सावित हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२