close

अब एनसेलका प्रयोगकर्ताले पनि नमस्ते पे प्रयोग गर्न सक्ने

टेकपाना टेकपाना

फागुन ५, २०७८ १२:२७

अब एनसेलका प्रयोगकर्ताले पनि नमस्ते पे प्रयोग गर्न सक्ने

काठमाडौं । अब एनसेलका प्रयोगकर्ताले पनि डिजिटल वालेट ‘नमस्ते पे’ प्रयोग गर्न पाउने भएका छन् । नेपाल डिजिटल पेमेन्ट अन्तर्गतको नमस्ते पे सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक हो ।

नमस्ते पेमा हाल सम्म नेपाल टेलिकमका प्रयोगकर्ताले मात्रै आफ्ना नम्बर दर्ता गराई सेवा लिन सक्ने अवस्था थियो । तर अब भने एनसेलका प्रयोगकर्ताले पनि नमस्ते पे प्रयोग गर्न सक्नेछन् । एनसेल प्रयोगकर्ताको लागि आजबाट यो व्यवस्था सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सँगै अब चाँडै नै स्मार्ट टेलिकमका प्रयोगकर्ताले पनि यो सेवा प्रयोग गर्न पाउने अनुमान गर्न सकिन्छ । गत भाद्रबाट व्यवसायीक सुरुवात गरेको नमस्ते पेमा हाल ४० भन्दा बढी बैंक तथा वित्तिय संस्था जोडिएका छन् । जसमार्फत मोबाइल रिचार्ज लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२