close

क्यूआर स्क्यान गर्दा टुटलको हरेक राइडमा ५० रुपैयाँ छुट पाइने

टेकपाना टेकपाना

फागुन ५, २०७८ १९:१२

क्यूआर स्क्यान गर्दा टुटलको हरेक राइडमा ५० रुपैयाँ छुट पाइने

काठमाडौं । नेपाली राइड सेयरिङ एप टुटलमा क्यूआर कोड स्क्यान गरी हरेक राइडमा ५० रुपैयाँ छुट पाइने भएको छ । कम्पनीले शुक्रबार राती ११ बजेर ५९ मिनेट जाँदासम्म लागू हुने गरी यो योजना सार्वजनिक गरेको हो ।

उक्त समयसम्म हरेक पटक टुटल प्रयोग गर्दा लागेको शुल्कमा ५० रुपैयाँ छुट पाइनेछ । त्यसका लागि तपाईंले एक पटकमात्रै क्यूआर कोड स्क्यान गर्दा पुग्नेछ । एक पटक क्यूआर कोड स्क्यान गरेसँगै हरेक राइडको क्रममा ‘युज प्रोमो कोड’ मा क्लिक गर्दा स्वतः उक्त कोड प्रयोगमा आउनेछ ।

त्यसका लागि तपाईंले टुटलका विभिन्न सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्ट्राग्राममा उपलब्ध क्युआरलाई स्क्यान गर्नुपर्ने हुन्छ । अथवा यहाँ उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गर्न सक्नुहुनेछ ।

May be an image of text that says '_tootle together, er, Scan Scan and receive Rs. 50 flat discount on all your Tootle Rides DOWNLOAD NOW'

कम्पनीका अनुसार यो सुविधा लिन टुटल एपको नयाँ भर्सन आवश्यक पर्नेछ ।

कसरी प्रयोग गर्ने ?

टुटलको नयाँ एपको माथि दायाँ भागमा तपाईंले ‘क्यूआर स्क्यानर’ देख्नुहुनेछ ।

उक्त स्क्यानरमा क्लिक गरेपछि क्यूआर स्क्यान गरेर प्रोमो कोड प्रयोग गर्न सकिनेछ । त्यससँगै आउने ‘ओके’ बटनमा क्लिक गरेपछि आफू जान चाहेको ठाउँ छनोट गर्न सकिनेछ ।

ठाउँ छनोट गरेर त्यसलाई कन्फर्म गरेपछि त्यहाँ शुल्कको विवरण देखिन्छ । त्यसपछि त्यसैको माथि सानो अक्षरमा ‘युज प्रोमो कोड’ भन्ने अप्सन देखिने छ । उक्त अप्सनमा क्लिक गरेर बक्समा आएको प्रोमो कोडको दायाँ भागमा रहेको ‘युज दिस’ मा क्लिक गरेसँगै ‘एड प्रोमो कोड’ मा क्लिक गरेर ‘लेट्स टुटल’ मा क्लिक गरी यो अफर प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२