close

यस्ता छन् धेरै पाइरेसी गर्ने वेबसाइट र देश

टेकपाना टेकपाना

फागुन ९, २०७८ ८:८

यस्ता छन् धेरै पाइरेसी गर्ने वेबसाइट र देश

काठमाडौं । अमेरिकी सरकारले हालै एउटा सूची सार्वजनिक गरेको छ, जसमा सन् २०२१ मा सबैभन्दा धेरै पाइरेसी गर्ने वेबसाइटहरूको बारेमा जानकारी दिइएको छ ।

निजी क्षेत्र तथा वैदेशिक सरकारहरूले पाइरेसीलाई कम गर्न प्रोत्साहन गर्ने लक्ष्यसहित युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ (युएसटिआर) ले हरेक वर्ष पाइरेसी गर्ने साइटहरूको सूची सार्वजनिक गर्ने गरेको छ ।

यो वर्ष पनि अनलाइन र भौतिक बजारहरूमा नक्कली ट्रेडमार्क वा प्रतिलिपि अधिकार पाइरेसीमा संलग्न वा सहजीकरण गर्ने साइट तथा देशहरूको सूची सार्वजनिक गरेको छ ।

सन् २०२१ को सूचीमा ४२ अनलाइन बजार र ३५ भौतिक बजार (देशहरू) रहेका छन् ।

यसमा पहिलो पटक अलिएक्सप्रेस र विच्याट जस्ता ई-कमर्स इकोसिस्टम, दुई महत्वपूर्ण चीन-आधारित अनलाइन बजारहरू पनि समावेश भएको छ, जसले नक्कली ट्रेडमार्क बिक्री गरेको रिपोर्टमा उल्लेख छ ।

नक्कली ट्रेडमार्क तथा पाइरेसीको धेरै गतिविधि हुने देशहरुको सूचीमा नेपालका छिमेकी देशहरू चीन र भारतसँगै अर्जेन्टिना, ब्राजिल, क्याम्बोडिया, क्यानडा, इन्डोनेसिया, रसिया, युक्रने, यूएई, भियतनाम लगायतका देश छन् ।

साथै सबैभन्दा धेरै पाइरेसीको गतिविधि गर्ने अनलाइन साइटको सूचीमा पहिलो नम्बरमा १३३७एक्स (1337x), दोस्रोमा १फिसि (1FICHIER), तेस्रोमा २इम्बेड (2EMBED), चौथौंमा अलि एक्सप्रेस (Ali Express) बाइडु वाङप्यान (Baidu Wangpan) रहेका छन् ।

पुरा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२