close

आईफोन प्रयोगकर्ताले थाहा पाउनैपर्ने ७ किबोर्ड टिप्स

टेकपाना टेकपाना

फागुन ९, २०७८ ९:१

आईफोन प्रयोगकर्ताले थाहा पाउनैपर्ने ७ किबोर्ड टिप्स

काठमाडौं । यदि तपाईं आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने कहिलेकाहिँ अनस्क्रिन किबोर्डको प्रयोग झन्झटिलो लाग्न सक्छ । यस्तोमा कम्पनीले किबोर्डलाई सहज तरिकाले प्रयोग गर्ने फिचर पनि उपलब्ध गराएको छ ।

यहाँ आईफोनको किबोर्डलाई सहज र छिटो तरिकाले प्रयोग गर्ने उपाय उल्लेख गरिएको छ । 

१. किबोर्ड सेटिङ सेट गर्नुहोस् 

यदि तपाईं आईफोनको पुरानो प्रयोगकर्ता हुनुहुन्छ र अहिलेसम्म आफ्नो किबोर्डको सेटिङ मिलाउनु भएको छैन भने मिलाउनुहोस् । यो सुझाव नयाँ प्रयोगकर्ताका लागि पनि हो ।

कहिलेकाहिँ किबोर्ड प्रयोगकर्तामैत्री नहुन पनि सक्छ र तपाईं यस्तै नै होला फोनको फिचर भनेर चुपचाप बस्नु भएको पनि हुनसक्छ ।

यदि त्यस्तो हो भने आफ्नो किबोर्ड सेटिङ सेटअप गर्नु जरुरी छ । मोबाइलको सेटिङ एपमा खोलेर ‘जेनरल’ अप्सनमा गएर ‘किबोर्ड’ अप्सनमा क्लिक गर्नुहोस् ।

यस अन्तर्गत अटो करेक्शन, स्पेलिङ चेकिङ, शर्टकर्ट की, इनेबल क्याप्सलक लगायतका फिचर छन् । आफ्नो आवश्यकता अनुसार यो फिचर इनेबल अथवा डिसेबल गर्न सक्नुहुन्छ ।

एकदमै धेरै प्रयोग हुने एउटा क्यारेक्टर हो ‘फुल स्टप’ । यसलाई तपाईंले स्पेस की दुई चोटी क्लिक गरेर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि किबोर्ड अप्सन अन्तर्गत रहेको (“.” shortcut) लेखिएको अप्सनलाई अन गरिदिनुहोस् ।

यसपछि तपाईंले आफ्नो वाक्य पुरा गरेपछि फुल स्टप दिनको लागि स्पेस कीलाई दुई चोटी क्लिक गरे पुग्छ । त्यस्तै अर्को काम लाग्ने फिचर हो ‘इनेबल क्याप्स लक’ ।

यो अप्सनलाई तपाईंले इनेबल गर्नुभयो भने कुनै शब्दहरूलाई क्याप्स्लक अथवा ठूलो अक्षरमा लेख्नुपर्‍यो भने सिफ्ट कीलाई दुई पटक क्लिक गरे पुग्छ । त्यसपछि सबै अक्षरमा ठूलोमा लेख्न सकिन्छ ।

त्यसैगरी अर्को सजिलो फिचर हो ‘स्मार्ट पङचुएशन’ । यसले तपाईंले लेख्नुभएको केही शब्दमा पङचुएशन मार्कहरूमा केही गल्ती भएमा स्वतः परिवर्तन गरिदिन्छ । 

२. शर्टकर्ट कीहरू क्रियट गर्नुहोस् 

दैनिक प्रयोगमा आउने लामा म्यासेज टाइप गर्न दिक्क लाग्नसक्छ । तर आईफोनमा तपाईंले ती लामो म्यासेजहरूको छोटो रुपमा बनाएर राख्न सक्नुहुन्छ र सोही म्यासेज लेख्नुपरेमा म्यासेजको छोटो रुप टाइप गर्ने बित्तिकै त्यसको पूर्ण रुप स्वतः म्यासेज बक्समा आउँछ । यसका लागि ‘किबोर्ड’ अप्सनमा गएर ‘टेक्स्ट रिप्लेसमेन्ट’ अप्सनलाई अन गर्नुहोस् ।

स्क्रिनको दाहिने पट्टि एउटा ‘+’ आइकन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस् र आफूले छोटो रुप दिन खोजेको वाक्य लेखेर सेभ गर्नुहोस् । जस्तो कि फ्रेज अप्सनमा ‘Please don’t forget to have your medicine’ र शर्टकर्ट अप्सनमा ‘pdfthym’ भनेर टाइप गर्नुहोस् ।

यसपछि तपाईंले यहि म्यासेज कसैलाई पठाउनु पर्‍यो भने यसको छोटो रुप मात्र राख्दा तपाईंको म्यासेजको पुरा रुप आउछ । यसरी तपाईं सहजै लामो म्यासेज छोटो रुपमा पठाउन सक्नुहुन्छ । 

३. किबोर्डको साइज परिवर्तन गर्नुहोस् 

कहिलकाहिँ मोबाइल एउटा मात्र हातले चलाउनुपर्‍यो अथवा आफ्नो सहजताको हिसाबले मोबाइलको किबोर्ड प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले सहजै किबोर्डको साइज परिवर्तन गर्न सक्नुहुन्छ ।

यो विशेष गरी ठूलो स्क्रिन भएको आईफोन एक्सएस म्याक्स तथा आईफोन ११ प्रो म्याक्सका प्रयोगकर्ताका लागि उपयोगी हुन्छ । 

यसका लागि किबोर्डको बायाँ पट्टि भएको ग्लोबको चिन्हमा लामो समय होल्ड गर्नुहोस् । यसपछि पपअप बक्समा किबोर्डलाई एक हातले चलाउनका लागि दायाँ अथवा बायाँ पट्टि सार्ने भनेर दुईवटा अप्सन आउँछ । आफ्नो आवश्यकता अनुसार किबोर्ड परिवर्तन गर्न सकिन्छ । 

अथवा मोबाइलको सेटिङमा गएर जेनरल भित्र ‘किबोर्ड’ अप्सनमा भएको वान ह्यान्डेड किबोर्ड अप्सनमा पनि क्लिक गरेर पनि किबोर्ड परिवर्तन गर्न सक्नुहुन्छ। 

४. ‘क्यारेक्टर प्रिभ्यु’ को पपअप बन्द गर्नुहोस् 

धेरै आईफोन प्रयोगकर्तालाई थाहा नहुने आईफोनको एउटा फिचर हो ‘क्यारेक्टर रिभ्यु’ । क्यारेक्टर प्रिभ्यु फिचरले तपाईंले टाइप गर्नुभएको शब्द पपअप बक्समा आउछ ।

यो फिचर सबै प्रयोगकर्तालाई मन नपर्न पनि सक्छ । यसको लागि तपाईंले सेटिङको जेनरल अप्सनमा गएर किबोर्ड अप्सनमा क्लिक गर्नुहोस् । यसपछि ‘क्यारेक्टर प्रिभ्यु’ अप्सनमा क्लिक गरेर यसलाई डिसेबल गर्नुहोस् । 

५. किबोर्डलाई ट्रयाकप्याडको रुपमा प्रयोग गर्नुहोस् 

कहिलेकाहिँ लामो म्यासेज लेखिरहनु भएको छ, तर अगाडि गएर केही परिवर्तन गर्नुपर्‍यो भने सामान्यतया परिवर्तन गर्नुपर्ने शब्द भएको ठाउँमा हामी क्लिक गर्छौं । तर ठ्याक्कै चाहेकै शब्दमा गएर क्लिक नहुन पनि सक्छ ।

यसका लागि एउटा सजिलो उपाय हो, किबोर्डलाई डेस्कटपको ट्रयाकप्याड जस्तै गरी प्रयोग गर्ने । यसका लागि किबोर्डमा स्पेसमा लामो समयसम्म प्रेस गर्नुहोस्, अनि किबोर्ड पुरै खाली भएपछि हात नछोडी आफूले चाहेको शब्दमा करसर सारेको जस्तै गरी सार्न सक्नुहुन्छ। 

६. आईफोनको शब्दकोशमा आफ्नो शब्द थप्नुहोस् 

तपाईंले दैनिक प्रयोग गर्ने शब्दलाई गलत भनेर रातो चिन्ह देखाइरहेको हुनसक्छ । जस्तो कि कसैको नाम अथवा कुनै ठाउँको नाम हुन सक्छन् तर टाइप गर्दा यो गलत भनेर देखाइरहेको हुनसक्छ । यसो नहोस् भनेर तपाईंले आईफोनको शब्दकोशमा आफैले आफ्नो शब्दहरू थप्न सक्नुहुन्छ । यसपछि तपाईंलाई यो गलत शब्द हो भनेर देखाउँदैन ।

यसका लागि सेटिङमा गई जेनरल अप्सनमा क्लिक गर्नुहोस् र किबोर्ड अप्सनमा क्लिक गरेर टेक्स्ट रिप्लेसमेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि स्क्रिनको दाहिने पट्टि भएको ‘+’ आइकनमा क्लिक गर्नुहोस् र फ्रेज बक्समा तपाईंको शब्द थप गर्नुहोस् । अनि शर्टकट बक्सलाई भने खाली नै छोडिदिनुहोस् । यसपछि तपाईंले सो शब्द टाइप गर्दा तपाईंलाई गलत भनेर देखाउँदैन । 

७. पहिले लेखेको शब्द फर्काउनुहोस् 

आईफोनमा भएको रमाइलो फिचर हो यो । यसका बारेमा धेरै प्रयोगकर्तालाई थाहा नहुन सक्छ । तपाईंले केही लेखिरहनुभएको थियो, तर तपाईंलाई पुरानै कुरा फेरि फिर्ता गर्न मन लाग्यो भने के गर्नुहुन्छ ? सामान्यतः सबै म्यासेज मेटेर फेरि टाइप गरिन्छ ।

तर तपाईंलाई यो गरिरहन जरुरी छैन । यसका लागि तपाईंले आफ्नो आईफोन हल्लाए पुग्छ । यदि तपाईंलाई अहिले लेखरहेको भन्दा पुरानो शब्द ठीक लागेर फेरि त्यही चाहियो भने मोबाइललाई हल्लाए पुग्छ । तपाईंको पुरानो म्यासेज फिर्ता आउँछ ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२