close

ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ सार्वजनिक

टेकपाना टेकपाना

फागुन ९, २०७८ १४:३८

ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ सार्वजनिक

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल मिडिया एप ‘ट्रुथ सोसल’ एप्पलको एप स्टोरमा आजदेखि सार्वजनिक भएको छ ।

एप सार्वजनिक भएपछि ट्रम्पले आफ्नो पहिलो पोस्टमा ‘तयार रहनुस्, तपाईंको प्यारो राष्ट्रपति चाडैँ नै आउदैछ’ (गेट रेडी! योर फेभरेट प्रेसिडेन्ट विल सी यु सुन) भनेर लेखेका छन् ।

केही प्रयोगकर्ताले भने यो एपमा आफ्नो अकाउन्ट बनाउन समस्या भएको उल्लेख गरेका छन् ।

अकाउन्ट बनाउने बेलामा समस्या भएको बताइरहेका छन् भने केहीले भने अकाउन्ट बनाएको र केही भने अझै पनि वेटलिस्टमा भएको भन्दै सामाजिक सञ्जालका अन्य प्लेटफर्महरूमा शेयर गरिरहेका छन् ।

ट्रम्पलाई फेसबुक, ट्वीटर र युट्युवले गत वर्ष प्रतिबन्ध लगाए पछि उनले आफ्नो सोसल मिडिया एप खोलेका हुन् । हाललाई यो एप अमेरिका लगायत अन्य केही सिमित देशहरूमा मात्र सार्वजनिक भएको छ ।           

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२