close

फेसबुकमा हट्यो ‘जब्स’ अप्सन

टेकपाना टेकपाना

फागुन १०, २०७८ ११:२५

फेसबुकमा हट्यो ‘जब्स’ अप्सन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आजदेखि आधिकारिक रुपमा ‘जब्स’ अप्सन हटेको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी निःशुल्क रूपमा ‘जब पोस्टिङ’ गर्दथे ।

त्यस्तै रोजगारी खोज्ने व्यक्तिहरूले पनि फेसबुकको यो टुलबाटै निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा २२ फेब्रुअरीदेखि हटाउने भनेर गत डिसेम्बरमै घोषणा गरेको थियो ।

तर कतिपय प्रयोगकर्ताले यसअघि नै आफ्नो फेसबुक अकाउन्टबाट यो फिचर हटिसकेको जनाएका छन् ।

कम्पनीका अनुसार फेसबुक ग्रुपमा रहेको जब्स भएको ठाउँमा ‘जेनेरल’ अप्सन हुनेछ । तर अमेरिका र क्यानडाका प्रयोगकर्ताले भने यो सुविधा अझै प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२