काठमाडौं । युट्युवले क्रियटर वा स्ट्रिमरको लाइभ भिडिओ आउने बेला मोबाइल एपमा नोटिफिकेसन आउने फिचर ल्याउने भएको छ । कम्पनीका चिफ प्रडक्ट अफिसर निल मोहनले एक ट्वीट गर्दै क्रियटर र स्ट्रिमरको लाइभ हेर्न यस्तो फिचर ल्याउन लागेको जानकारी दिएका छन् ।
युट्युव क्रियटरको लाइभ स्ट्रिमिङकाे नाेटिफिकेसन प्रयोगकर्ताको च्यानलमा रहेको अवतार (प्रोफाइल पिक्चर) मा रिङ्ग भइरहेको देखिनेछ र अवतार क्लिक गर्नासाथ प्रयोगकर्ताले स्ट्रिमिङ लाइभ हेर्न सक्नेछन् ।
यसभन्दा पहिले नै टिकटक र इन्स्टाग्रामले यो फिचर ल्याइसकेका छन् । आफ्ना क्रियटरले कुन विषयमा स्ट्रिमिङ गरिरहेका छन् भनेर अपटुडेट रहन यो फिचर निकै उपयोगी हुने बताइएको छ ।
यसले गर्दा शेड्युलमा राखिएका वा स्ट्रिमिङ भइरहेका कुनै पनि भिडिओ नछुट्ने उल्लेख गरिएकाे छ ।
Really focused making it easier for users to find livestreams on @YouTube so we're rolling out the Live rings feature on mobile! @YouTubeCreators streaming live will now have a ring around the channel avatar & clicking on the avatar will take you directly to the livestream. pic.twitter.com/QylUbpktum