close

जर्नलमा प्रकाशित कृतिलाई पुरस्कृत गर्दै नास्ट, ३० दिनभित्र आवेदन दिनुपर्ने

टेकपाना टेकपाना

फागुन ११, २०७८ ८:४९

जर्नलमा प्रकाशित कृतिलाई पुरस्कृत गर्दै नास्ट, ३० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जर्नलमा प्रकाशित कृतिका लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार तथा कृति प्रकाशन शुल्क शोधभर्नाका लागि नास्टले बुधबार आवेदन माग गरेको हो ।

नास्टले नेपाली वैज्ञानिक एवम् प्रविधिज्ञहरूले नेपालमै बसेर गरेका अनुसन्धान तथा आंशिक रुपमा अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएका अनुसन्धानमा आधारित कृति प्रकाशित गरे वापत जर्नल कृति प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ ।

यसका लागि सन् २०२० र २०२१ को बीचमा प्रकाशित कृतिको फर्स्ट अथर तथा करेस्पोन्डिङ अथरले मात्र कृति र सोही अनुसार जर्नल कृति प्रकाशन शुल्क सोधभर्नाका लागि बुझाएको शुल्क सोधभर्नाका लागि ३० दिनभित्र आवेदन दिन सक्नेछन् । त्यसमा शुल्क बुझाएको सक्कल भौचर र प्रकाशित कृति संलग्न गर्नुपर्ने नास्टले जनाएको छ ।

पुरस्कार र शुल्क सोधभर्नाका लागि प्रकाशित कृतिको मौलिकता, उत्कृष्टता र कृति प्रकाशित जर्नलको इम्प्याक्ट फ्याक्टरको आधारमा मूल्याङ्कन गरी छनौट गरिनेछ । यहाँ क्लिक गरी यस विषयमा थप जानकारीका लागि ई-मेल गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२