close

किनेको केही वर्षमै एन्ड्रोइड फोन बेकार लाग्ने !

टेकपाना टेकपाना

फागुन ११, २०७८ १९:२२

किनेको केही वर्षमै एन्ड्रोइड फोन बेकार लाग्ने !

काठमाडौं । यदि तपाईं नयाँ फोन खरिद गर्नुअघि पुरानो मोबाइल बेच्नुहुन्छ भने त्यस्तोमा तपाईंसँग आईफोन र एन्ड्रोइड के छ भन्ने कुराले निकै ठूलो अर्थ राख्ने देखिएको छ ।

यदि तपाईंले नयाँ एन्ड्रोइड फोन किन्नुभयो र त्यसलाई केही वर्षपछि बिक्री गर्न खोज्नुभयो भने त्यसको खासै भ्यालु नहुने एक अध्ययनले देखाएको छ ।

सेलफोनहरूको तथ्याङ्क केलाउँदै आएको संस्था ‘बैंकमाई सेल’ ले ५०० ओटा स्मार्टफोनको रिसेल भ्यालुबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आईफोन प्रयोगकर्ता निकै भाग्यमानी रहेको देखाएको हो ।

अध्ययनका अनुसार मोबाइल किनेको तीन वर्षकाे अवधिमा आईफोनको तुलनामा एन्ड्रोइड फ्ल्यागशिप स्मार्टफोनको रिसेल मूल्य दुई गुणा बढीले घट्ने देखिएको छ ।

आईफोन १२/११ रेन्जको तुलनामा सामसङ एस२१/एस२० को रिसेल मूल्य दोब्बरले घटेको छ । ग्यालेक्सी जेड फोल्ड थ्रीको मूल्य सार्वजनिक भएको पाँच महिनाको अवधिमा आधाले घटेको अध्ययनले जनाएको छ ।

त्यस्तै गुगलको पिक्सेल, वनप्लस जस्ता अन्य ब्राण्डका स्मार्टफोनको मूल्य मोबाइल खरिद गरेको ३० दिनमै झन्डै आधाले घट्ने जनाइएको छ ।

त्यतिमात्रै नभएर बजेट एन्ड्रोइड स्मार्टफोनको मूल्य हरेक वर्ष ४१.८२ प्रतिशतले घट्ने र मोबाइल फोन खरिद गरेको तीनदेखि चार वर्षको अवधिमा यी फोनको भ्यालु शुन्य हुने अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार आईफोन एसई २०२० को भ्यालु सन् २०२० को पहिलो ८ महिनामा ३८.३२ प्रतिशत घटेको छ । भने, सन् २०२१ मा आइपुग्दा ४८.७४ ले घटेको देखिएको छ ।

एन्ड्रोइड र आईफोनलाई सँगै दाँजेर हेर्दा मोबाइल फोन सार्वजनिक भएको एकदेखि चार वर्षको अवधिमा आईफोनको रिसेल भ्यालु औसतमा १४.८० प्रतिशतले घट्दा एन्ड्रोइडको ३२.१८ ले घटेको छ ।

चार वर्ष पश्चात आईफोनको रिसेल भ्यालु औसतमा ४७.४९ प्रतिशतले घट्दा एन्ड्रोइडको भ्यालु ७८.९४ प्रतिशतले घट्ने अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३