close

बोल्न लजाउनेहरूका लागि अब क्लबहाउसमा पनि च्याट फिचर 

टेकपाना टेकपाना

फागुन १४, २०७८ १०:५९

बोल्न लजाउनेहरूका लागि अब क्लबहाउसमा पनि च्याट फिचर 

काठमाडौं । कोभिड महामारीको समयमा निकै चर्चामा आएको अडियो प्लेटफर्म ‘क्लबहाउस’ ले पनि च्याट फिचर थप गर्न भएको छ ।

सुन्न मन पराउने तर, बोल्न हिच्किचाउने प्रयोगकर्तालाई लक्षित गर्दै क्लबहाउसले च्याट फिचर थप गर्न लागेको हो, ताकी ती व्यक्तिहरूले पनि आफ्नो कुरा च्याट मार्फत छलफलमा पेश गर्न सकुन् ।

आफूले चाहेको कन्भर्सेशनमा गएर स्क्रिनको देब्रेतिर तलपट्टि च्याट अप्सन देख्न सकिन्छ । यद्यपि यो अप्सन ऐच्छिक हो । अर्थात कन्भर्सेसन सुरु गर्ने व्यक्तिले यो अप्सन अन गरेमा मात्र अन्य प्रयोगकर्ताले यो अप्सन प्रयोग गर्न सक्नेछन् ।

यो अप्सन खुल्ला भएको खण्डमा उक्त च्याट अप्सनमा गएर म्यासेज लेख्न सकिनेछ ।

गत वर्ष डाइरेक्ट म्यासेजको अप्सन खुला गरेको कम्पनीले यो वर्ष लाइभ कन्भर्सेसनमा च्याटको अप्सन दिएको हो ।

अडियोसँगै लाइभ च्याटलाई पनि आर्काइभमा राख्न मिल्नेछ । हरेक अपडेटसँगै कम्पनीले क्लबहाउसलाई मात्र अडियो प्लेटफर्मबाट दायरा बढाउँदै लगिरहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३