काठमाडौं । संसारकै धनाढ्य एवं स्पेसएक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराएका छन् ।
रुसी आक्रमणबाट युक्रेनको इन्टरनेट सेवामा क्षति पुगेपछि मस्कले स्टारलिंकको इन्टरनेट सेवा दिन थालेका हुन् ।
स्टारलिंक सेवा युक्रेनमा सक्रिय भएकाे र थप टर्मिनल पठाउने तयारी भइरहेको मस्कले बताएका छन् ।
युक्रेन सरकारका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत मस्कलाई मेन्सन गरेर इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गरेकाे केही घण्टामै मस्कले इन्टरनेट एक्टिभ भएकाे भन्दै रिप्लाई दिएका हुन् ।
Starlink service is now active in Ukraine. More terminals en route.