close

१० वर्ष वारेन्टी सहित सामसङको नयाँ फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन १५, २०७८ १३:०

१० वर्ष वारेन्टी सहित सामसङको नयाँ फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा सामसङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा ल्याएको छ ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा राखिएको कम्पनीले जनाएकाे छ ।

यो स्टाइलिस स्टेनलेस स्टील फिनिश भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सर सहित ५७९ लिटरमा उपलब्ध छ ।

‘फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीन कूलिङ्ग प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

पावर कूल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकाले आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न नपर्ने कम्पनीकाे भनाइ छ ।

धेरै फलफुल र सागसब्जीहरु राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरु र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरु राखिएका छन् ।

२ वटा शेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या हुँदैन ।

यी नयाँ रेफ्रिजेरेटरहरुमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत खपत कम गर्छ ।

५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको बजारमूल्य २,९९,९९० रूपैयाँ ताेकिएकाे छ । फ्रेन्च डोर रेफ्रिजेरेटरहरु सामसङ्ग प्लाजा वेबसाइट साथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरुमा उपलब्ध छ ।

यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ र ५० प्रतिशतसम्म विद्युत खपत कम गर्ने डिजिटल इन्भर्टर छ ।

रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरु र चिन्हहरु हटाउन दिन दिनै सफा गरिरहन पर्ने छैन ।

‘यी रेफ्रिजेरेटरहरु छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरुलाई फोहर दागहरुबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बा रहित बनाउँछ,’ कम्पनीले भनेकाे छ ।

नेपाली बजारमा यो १० वर्षको वारेन्टीका साथ उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३