काठमाडौं । दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेज खरिदमा विशेष छुट उपलब्ध गराउन थालेको छ ।
नेपालकै सबैभन्दा ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले वर्ल्डलिङ्कको इन्टरनेट प्याकेजमा एक हजार रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट दिने भएको हो ।
तर यस्तो छुट नयाँ ग्राहकले मात्रै पाउन सक्ने बताइएको छ ।
दराजका अनुसार १५० एमबीपीएस, २२५ एमबीपीएस र ३०० एमबीपीएस स्पिडको एक महिने, तीन महिने वा एक वर्षे फोटोन लाइट इन्टरनेट प्याकेज खरिदमा यो छुट उपलब्ध गराइनेछ ।
यसका लागि ग्राहकले दराजको वेबसाइट अथवा मोबाइल एपमा गएर ‘WORLDLINK’ सर्च गरी वर्ल्डलिङ्कको छुट सहितको इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।