close

ह्वावेले ल्यायाे नेटवर्क स्वचालित बनाउने नयाँ प्रविधि, मोबाइल सेवा प्रदायक लाभान्वित हुने

टेकपाना टेकपाना

फागुन १५, २०७८ २०:३८

ह्वावेले ल्यायाे नेटवर्क स्वचालित बनाउने नयाँ प्रविधि, मोबाइल सेवा प्रदायक लाभान्वित हुने

काठमाडौं । अग्रणी प्रविधि कम्पनी ह्वावेले ताररहित नेटवर्क आर्किटेक्चरको नयाँ प्रविधि इन्टेलिजेन्टर्‍या (IntelligentRAN) नामक प्रविधि सार्वजनिक गरेको छ ।

मोबाइल वर्ल्ड कंग्रेसको पूर्व सन्ध्यामा आयोजना गरिएको नयाँ उत्पादनको जानकारी दिने तथा नयाँ प्रविधि र उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको अवसर पारेर ह्वावेले आफ्नो नयाँ प्रविधि सार्वजनिक गरेको हो ।

यो प्रविधिले मोबाइल सेवा प्रदायकलाई उनीहरुको नेटवर्क स्वचालित रुपमा सञ्चालनको लागि सहयोग पुर्‍याउने बताइएकाे छ ।

नयाँ प्रविधिबारे जानकारी दिँदै ह्वावेका उपाध्यक्ष एवम् प्रमुख बजार अधिकृत गेन बीनले यो प्रविधिले नेटवर्कमा हुने प्राविधिक त्रुटिलाई शुन्यमा झार्नुका साथै नेटवर्कमा अहिलेजस्तो ढिलाइ नहुने जानकारी दिए ।

फाइभजीका कारण ताररहित प्रविधिमा व्यक्तिगत, औद्योगिक र घरायसी एप्लिकेसनको संख्या बढेको छ । यस्ता सेवा बढेसँगै नेटवर्कको कभरेज, क्षमता र लेटेन्सीमा पनि विविधिकरण सहितका क्षमता अभिवृद्धि हुनुपर्ने अवस्था आएको छ ।

टावरहरुबीच हुने नेटवर्क जुध्ने समस्याले पनि सेवा प्रदायकले उपभोक्तलाई दिन खोजिरहेको उच्चस्तरीय सेवालाई रोकिरहेको छ ।

ह्वावेको नयाँ इन्टेलिजेन्सर्‍यानले पनि स्मार्ट ग्रीड, च्यानल ग्राफजस्ता नयाँ प्रविधि प्रयोगको लागि इन्टेलिजेन्ट एयर इन्टरफेस प्रदान गर्छ । यस्ता प्रविधिको प्रयोगले एयर इन्टरफेस स्रोतको स्वचालित प्रयोग हुन्छ र यसले नेटवर्कको क्षमता अभिवृद्धि गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३