close

माईपे डिजिटल वालेट प्रयोग गर्दा एक लाखको दुर्घटना बीमा

टेकपाना टेकपाना

फागुन १९, २०७८ ११:५६

माईपे डिजिटल वालेट प्रयोग गर्दा एक लाखको दुर्घटना बीमा

काठमाडौं । डिजिटल वालेट कम्पनी माईपेले प्रयोगकर्ताका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले वालेट प्रयोग गर्ने प्रयोगकर्तालाई एक लाख रुपैयाँको दुर्घटना बीमा सुविधा दिने भएको हो ।  

यो सुविधा केवाईसी भेरिफाइ गर्ने सुरुवाती पाँच हजार प्रयोगकर्तालाई मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ । यति मात्र होइन, वालेटमा खाता खोलेर रकम लोड तथा ट्रान्सफर बाहेक मासिक रुपमा कम्तिमा एक हजार रुपैयाँको कारोबार गर्नुपर्नेछ ।

यो बीमा सुविधाका लागि योग्य हुने ग्राहकलाई एसएमएसबाट जानकारी गराइने माईपेले जनाएको छ । यसका लागि कम्पनीले आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२