close

फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्दै एचटीसी

टेकपाना टेकपाना

फागुन २०, २०७८ १३:२२

फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्दै एचटीसी

काठमाडौं । केही समय फ्ल्यागशिप एन्ड्रोइड फोनको मामलामा निस्क्रिय रहेको एचटीसीले मार्चको सुरुमा फ्ल्यागशिप एन्ड्रोइड फोन ल्याउने घोषणा गरेको छ । कम्पनीले पहिलो पटक सन् २०१८ मा  एचटीसी यू १२ प्लस बाट फ्ल्यागशिप बजारमा प्रवेश गरेको थियो । 

ताइवानको डीजीटाइम्सले एचटीसीले फ्ल्यागशिप एन्ड्रोइड फोन ल्याउन लागेको पुष्टि गरेको छ । आउँदै गरेको एचटीसी फ्ल्यागशिप भीआर र एआरमा बढी केन्द्रित हुने उल्लेख छ ।

ल्यापटप निर्माण कम्पनीको रुपमा सन् १९९७ मा स्थापित भएको एचटीसीले सन २००८ मा एन्ड्रोइड फोन निर्माण कार्य सुरु गरेको हो । एचटीसीले केही सीमित बजारमा आफ्ना सस्तो तथा मध्यम स्तरीय मूल्यका स्मार्टफोनहरू सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२