काठमाडौं । चिनियाँ प्रसारकले इङ्गलिस प्रिमियर लिगका म्याच ब्लक गरेका छन् । युक्रेनको समर्थनमा डिस्प्ले देखाइएपछि चिनियाँ टेलिभिजन प्रसारकहरूले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युक्रेनमाथि रुसी आक्रमण सुरु भएको हप्ता दिनभन्दा बढी भइसकेको भए पनि उनीहरूबीच अझै शान्ति सम्झौता भएको छैन । यसैबीचमा युक्रेनलाई विभिन्न माध्यम तथा स्रोतहरूबाट सहयोग, समर्थन आइरहेका छ ।
प्रिमियर लिगको ब्यानरमुनि ‘फुटबल स्टान्ड्स टुगेदर’ अर्थात् ‘फुटबल युक्रेनको साथमा छ’ लेखिएको थियो भने क्लबका कप्तानले युक्रेनको रङ्गको आर्मब्यान्ड लगाएका थिए । समर्थन जनाउन गरिएका सम्पूर्ण गतिविधिहरू अन्तर्राष्ट्रिय प्रसारक माध्यमहरूमा प्रसारण भए पनि चीनमा भने रोकिएको हो ।
यो घटना नौलो भने होइन । यसअघि पनि सन् २०१९ मा उइघुर मुस्लिमहरूप्रति चिनले गरेको व्यवहारलाई लिएर आर्सनलका कप्तान मेसुट ओजिलले आलोचना गरेपछि चीनले निर्धारित लाइभ रोकेको थियो ।