काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका अनेक फिचरमध्ये भिडिओ शेयरिङ पनि एक हो । यसको माध्यमबाट हामी फेसबुकमा भिडिओ अपलोड गर्न सक्छौं । हाल फेसबुकमा ६० मिनेटभन्दा छोटो भिडिओ मात्र अपलोड गर्न सकिन्छ ।
कहिलेकाहिँ हामीले फेसबुकमा हेर्दा हेर्दै साइट रिफ्रेस भएर भिडिओ आधिमै हराउँछ । कतिपय अवस्थामा हामीलाई त्यो भिडिओ कहाँबाट अपलोड भएको थियो भन्ने नै हुँदैन ।
यदि हामीले हेर्दाहेर्दै हराएको भिडिओ पुनः पुरा हेर्न मन लागेको अवस्थामा के गर्ने त ? वा कसैलाई पहिले हेरिसकेको भिडिओ केही समयपछि देखाउनुपर्ने अवस्था आयो भने के गर्न सकिन्छ ?
यसका लागि फेसबुकमा पनि युट्युव जस्तो वाच हिस्ट्रिको फिचर समावेश गरिएको छ । जसरी युट्युवमा हामी पहिले हेरिएको भिडिओ वाच हिस्ट्रीमा गएर पुनः हेर्न सक्छौं । त्यसरी नै फेसबुकमा पनि वाच हिस्ट्री हेर्न सकिन्छ ।
त्यसका लागि सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । त्यसको माथि रहेको भिडिओ आइकनमा ट्याप गर्नुहोस् । भिडिओ आइकनमा ट्याप गरिसकेपछि त्यहाँ दायाँपट्टि वाच लेखिएको देखिन्छ भने बायाँपट्टि प्रोफाइल र सर्च आइनक देखिन्छ ।
त्यसपछि तपाईंले प्रोफाइलको आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । ट्याप गरिसकेपछि सुरुमा ‘सेभ्ड’, दोस्रोमा हिस्ट्रीको अप्सन देख्न सक्नुहुन्छ ।
हिस्ट्रीमा ट्याप गरिसकेपछि तपाईंले हेरिसकेका वा हेर्दाहेर्दै बीचमा हराएका भिडिओ देखिन्छन् । तपाईंको आवश्यकता अनुसार भिडिओ पुनः हेर्न सक्नुहुन्छ ।
साथसाथै त्यसमा सेभ्ड भिडिओ, मोबाइल डेटा प्रयोग, भिडिओ नोटिफिकेसन आदि पनि हेर्न सकिन्छ ।