काठमाडौं । आउँदो शुक्रबारदेखि अन्तर्राष्ट्रिय इन्टरनेटबाट रूस बाहिरिने भएको छ । युक्रेन र रूसबीच जारी पछिल्लो अवस्थाका कारण विभिन्न अन्तर्राष्ट्रिय ब्रोडब्यान्ड सेवा प्रदायक रूसबाट बाहिरिएका छन् ।
यस्तोमा रूस आफैंले आफूलाई अन्तर्राष्ट्रिय इन्टरनेट कनेक्सनबाट बाहिर राख्ने तयारी गरेको हाे । विभिन्न समाचार संस्थाका अनुसार मार्च ११ अर्थात आउँदो शुक्रबारदेखि रूस अन्तर्राष्ट्रिय अनलाइन कम्युनिटीबाट बाहिरिने छ ।
यो विषयमा सबैभन्दा पहिले बेलारुसको सञ्चारमाध्यम ‘आउटफिट नेक्टा’ ले रूसका सबै इन्टरनेट कम्पनीहरू राष्ट्रिय सर्भरमा जोडिने क्रममा रहेको उल्लेख गरेकाे छ ।
उक्त सञ्चारमाध्यमले सरकारी निर्देशन सहितको पत्र ट्वीट गर्दै आउँदो शुक्रबारदेखि रूस अन्तर्राष्ट्रिय इन्टरनेट नेटवर्कबाट बाहिरिने जनाएको छ ।
#Russia began active preparations for disconnection from the global Internet
No later than March 11, all servers and domains must be transferred to the #Russian zone. In addition, detailed data on the network infrastructure of the sites is being collected. pic.twitter.com/wOCdRqOJej
त्यस्तै ‘ब्ल्याक स्वान’ नामक ट्वीटर प्रयाेगकर्ताले पनि रूस मार्च ११ देखि अन्तर्राष्ट्रिय इन्टरनेट कनेक्सनबाट बाहिरिएर अमेरिकामा साइबर आक्रमणको तयारीमा रहेको बताएका छन् ।
BREAKING: RUSSIA WILL DISCONNECT FROM EXTERNAL INTERNET STARTING MARCH 11. ALL COMPANIES IN RUSSIA ARE REQUIRED TO GET ON A ".RU" ADDRESS AND RUSSIAN DOMESTIC SERVER. BUSINESS HAVE 5 DAYS TO COMPLY. Cyber attacks on US inbound…