close

क्लबहाउसलाई टक्कर दिन अमेजनले ल्यायो नयाँ एप, गीत सुन्दै च्याट गर्न सकिने

टेकपाना टेकपाना

फागुन २५, २०७८ १४:१६

क्लबहाउसलाई टक्कर दिन अमेजनले ल्यायो नयाँ एप, गीत सुन्दै च्याट गर्न सकिने

काठमाडौं । सोसल अडियो एपमा अमेजनले पनि आफूलाई उभ्याएको छ । कम्पनीले हालै ‘एम्प’ नामको एप सार्वजनिक गरेको छ ।

हाल अमेरिकाका आईओएस प्रयोगकर्ताका लागि बेटा भर्सनका रुपमा सार्वजनिक भएको एम्पले क्लबहाउस, ट्वीटर स्पेस जस्ता सोसल अडियो एपलाई चुनौती दिने अनुमान गरिएको छ ।

प्रयाेगकर्ताले निःशुल्क साइनअप गरी एपमा भएका फिचर प्रयोग गर्न सक्नेछन् । प्रयाेगकर्ताले एपमा आफ्नो लाइभ शो होस्ट गर्नुका साथै लाइसेन्स प्राप्त गीतहरू स्ट्रिम गर्न सक्नेछन् ।

अमेजनले प्रयोगकर्तालाई रेडियो डीजे बनाउने, प्लेलिस्ट प्रोग्राम गर्नसक्ने, स्रोतालाई सुन्नसक्ने, गेस्टसँग च्याट गर्नेजस्ता फिचर ल्याएको छ ।

होस्ट र स्रोता कसैले पनि कुनै निश्चित सेवाका लागि सब्सक्रिप्सन लिनुपर्ने छैन । एम्पमा निःशुल्क साइनअप गरी जोकोहीले पुरै गीत संगीत सुन्न सक्नेछन् ।

अमेजनले लाइभ च्याटभन्दा पनि रेडियो स्टाइलको सेवालाई बढी प्राथमिकता दिएको छ, जसले गर्दा सबैलाई नयाँ सेवा प्रयोग गर्न सहज हुने अनुमान गरिएको छ ।

क्लाबहाउस र ट्वीटर स्पेसले यसअघि नै धेरै संख्यामा प्रयोगकर्ता आफ्नो सेवातर्फ आकर्षित गरिसकेका छन् । त्यस्तै फेसबुक पनि यस सेवालाई अगाडि ल्याउन अग्रसर छ ।

यी सबैको लाइभ अडियो स्ट्रिमिङ सेवा एउटै भए पनि ती कसैमा पनि म्युजिक लाइसेन्स गर्ने सम्झौता समावेश छैन । यसैलाई प्राथमिकता दिँदै अमेजनले एम्पमा यो सेवा ल्याएको हो ।

मानिसलाई एम्पमा आकर्षित गराउन अमेजनले विभिन्न चर्चित व्यक्तिलाई आफ्नो प्लेटफर्ममा ल्याउन लागेको छ । यसअन्तर्गत निस्की मिनाज, पुष्पा टी, ट्राभिस बार्कर, लिल याची, बिग बोइले एम्पमा स्ट्रिमिङ गर्ने भएका छन् ।

हाललाई होस्टका लागि मोनिटाइजेशन फिचर समावेश नगरिएको भए पनि भविष्यमा होस्ट गर्नेहरूका लागि प्रेरणा स्वरुप केही नयाँ फिचर ल्याउने एम्पकी प्रवक्ता रेविका सिल्भरस्टनले बताइएकी छन् ।

आईओएसमा सार्वजनिक भएको एम्प हाल अमेरिकामा मात्र उपलब्ध छ । यो प्ले स्टोरमा एप र वेब भर्सनमा कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन ।

एम्प धेरै हदसम्म क्लबहाउस जस्तै देखिन्छ । तर, यसमा भएको फ्री म्युजिकले फिचरले केही पृथक देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२