काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले आफ्नो वेब एपलाई थप सुरक्षित बनाउन नयाँ ब्राउजर एक्सटेन्सन सार्वजनिक गरेको छ । कम्पनीले ‘कोड भेरिफाई’ नामक ओपन सोर्समा आधारित निःशुल्क वेब एक्सटेन्सन ल्याएको हो ।
यो गुगल क्रोम, माइक्रोसफ्ट एज र फायफक्स ब्राउजरमा उपलब्ध हुने ह्वाट्सएपले जनाएको छ । ह्वाट्सएप वेब कोडको प्रमाणिकता भेरिफाई गर्न यो एक्सटेन्सन तयार पारिएको हो ।
गोपनीयतामा सचेत प्रयोगकर्ताका लागि यो एक्सटेन्सन उपयोगी हुने कम्पनीको भनाइ छ ।
ह्वाट्सएपले गत वर्षदेखि मल्टिपल डिभाइस सपोर्ट गर्ने सुविधा ल्याएको थियो । यसपछि वेब भर्सनका प्रयोगकर्ता पनि उल्लेख्य बढेका छन् ।
वेब कोडलाई एक्सटेन्सनमार्फत नै आधिकारिकता प्रदान गर्न कम्पनीले यो फिचर ल्याएको बताएको छ । वेब इन्फ्रास्ट्रक्चर एवं सेक्युरिटी कम्पनी क्लाउडफेयरसँगको सहकार्यमा कम्पनीले यो फिचर ल्याएको हो ।