काठमाडौं । युट्युवले रूस सरकारको स्वामित्वमा रहेका मिडियासँग सम्बद्ध युट्युव च्यानलमाथि विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।
एक विज्ञप्ति जारी गर्दै युट्युवले कुनै पनि हिंसात्मक घटनालाई अस्वीकार गर्न, न्यूनीकरण गर्न वा गलत प्रचारप्रसारलाई प्रोत्साहन गर्ने सामग्रीलाई निषेध गर्ने नीतिसहित रुसका सरकारी सञ्चारमाध्यमका च्यानलमाथि रोक लगाएको उल्लेख गरेको छ ।
गुगलको स्वामित्वमा रहेको विश्वको सबैभन्दा बढी प्रयोग हुने भिडिओ स्ट्रिमिङ सेवाले रुसको युक्रेनमाथिको आक्रमण आफ्नो हिंसात्मक घटना नीति अन्तर्गत परेको र उल्लङ्घन गर्ने सामग्री हटाइने बताएको छ ।
युट्युवका प्रवक्ता फरशाद शाडलूले रुसी च्यानलमाथिको प्रतिबन्ध सोही नीति अनुरूप भएको बताएका छन् । यसअघि, युट्युवले युरोपभर रुसी सरकारको स्वामित्वमा रहेका च्यानल आरटी र स्पुतनिकमा रोक लगाएको थियो।