close

फ्रि फायरको नेपाल सर्भर बङ्गलादेश सर्दै, अब नेपाली प्लेयरले भारतीयसँग खेल्न नपाउने 

टेकपाना टेकपाना

चैत १, २०७८ २०:३८

फ्रि फायरको नेपाल सर्भर बङ्गलादेश सर्दै, अब नेपाली प्लेयरले भारतीयसँग खेल्न नपाउने 

काठमाडौं । गरेना इन्टरनेसनले फ्रि फायरको सर्भर परिवर्तन गरी नेपाललाई बङ्गलादेशको सर्भरमा राख्ने भएको छ । गेमिङको अनुभव सुधार गर्न भन्दै नेपाललाई भारतको सर्भरबाट बङ्गलादेशको सर्भरमा स्थानान्तरण गर्न लागिएको हो ।

२१ मार्चमा सर्भर परिवर्तन हुने र त्यस अवधिमा पनि गेम खेल्न सकिने फ्रि फायरको कम्पनी गरेनाले आफ्नो इनगेम न्युजमा उल्लेख गरेको छ । सर्भर परिवर्तन हुँदा गेममा लिएका एलिट पास सँगसँगै डाइमन्ड र अन्य गेमका सामग्रीहरू जस्ताको तस्तै अर्को सर्भरमा जाने छन् ।

सर्भर परिवर्तन हुँदा नेपाली प्लेयरले भारतीय सर्भरमा रहेका त्यहाँका स्थानीय साथीहरूसँग भने फ्रि फायर खेल्न पाउने छैनन् । भारतीय सर्भरमा नेपाली प्लेयरलाई आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्न कठिन हुने गरेको छ ।

तर अब बङ्गलादेशको सर्भरमा जाँदा भने ई-स्पोर्ट्सको अवसर बढ्ने नेपाली प्लेयरहरूको अपेक्षा छ । साथै भारतीय सर्भरमा नपाइएको नेपालको चाडपर्व केन्द्रित गेम इभेन्टहरू पनि प्राप्त हुने आशा गर्न सकिन्छ ।

तर बङ्गलादेशको सर्भरमा भारतीय सर्भरमा भन्दा प्लेयर कम हुने भएकाले ई-स्पोर्ट्सका टुर्नामेन्ट तथा पुरस्कार राशीमा केही कमी हुनसक्ने देखिन्छ । भारतमा फ्रि फायर सहित चिनियाँ एपहरूमाथि प्रतिबन्ध लागेपछि गरेनाले सर्भर बङ्गलादेश स्थानान्तरण गर्न निर्णय लिएको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३