close

पहिलो पटक मंगल ग्रहमा मानव पाइला पुग्दा कस्तो होला ? यस्तो छ एलन मस्कको भविष्यवाणी

टेकपाना टेकपाना

चैत ४, २०७८ १२:५०

पहिलो पटक मंगल ग्रहमा मानव पाइला पुग्दा कस्तो होला ? यस्तो छ एलन मस्कको भविष्यवाणी

काठमाडौं । मानव जीवनको अस्तित्व पृथ्वीमा सक्नुभन्दा अगाडि नै ‍मानव वस्तीलाई मंगल ग्रहमा सार्ने स्पेसएक्सका संस्थापक एलन मस्कको सपना पुरा हुने मिति केही पर सरेको छ ।

सन् २०१६ मा मानव बस्तीलाई मंगल ग्रहमा सार्ने योजना उनले सार्वजनिक गरेका थिए । उक्त समयमा मस्कले २०२४ सम्ममा मंगल ग्रहमा मिसन पठाउने लक्ष्य राखेका थिए । यद्यपि यो मिति थप पछाडि धकेलिएको छ ।

ट्वीटरको एउटा ट्वीटमा प्रतिक्रिया दिँदै मस्कले मंगल ग्रह मिसनको मिति पछाडि धकेलिएको जानकारी दिएका हुन् । स्पेस हब नामक एक ट्वीटर ह्यान्डल मार्फत एउटा तस्वीर ट्वीट भएको थियो ।

उक्त तस्वीरको माथिपट्टि पहिलो पटक चन्द्रमामा मानवपाइला सन् १९६९ मा पुगेको उल्लेख गरिएको छ । त्यस्तै तल्लोपट्टि रहेको तस्वीरमा भने केही मानिसहरू मंगल ग्रहमा छन् र मितिमा २० पछि प्रश्न चिन्ह राखिएको छ ।

यसको अर्थ हो, मंगल ग्रहमा पहिलो मानव पाइला पुग्ने मिति पछि सरेको छ । हुन त यो भन्दा अगाडि पनि मस्कले आफ्नो मिसन २०२६ का लागि सरेको बताएका थिए ।

स्पेसएक्सले तयार गरिरहेको ‘स्टारशिप’ ले केही उचाईसम्मको उडान त भरिसकेको छ । यद्यपि अन्तरिक्षसम्म पुग्न भने अझै बाँकी छ

मस्कको पहिलो लक्ष्य हतारमा निर्धारण गरिएको जस्तो देखिएपनि अब भने सन् २०३० सम्ममा मंगल ग्रहमा मानवले पाइला टेक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३