close

ब्राजिलमा टेलिग्राममाथि प्रतिबन्ध, भीपीएन प्रयोग गरे २० हजार डलर जरिवाना

टेकपाना टेकपाना

चैत ६, २०७८ १५:३२

ब्राजिलमा टेलिग्राममाथि प्रतिबन्ध, भीपीएन प्रयोग गरे २० हजार डलर जरिवाना

काठमाडौं । ब्राजिलको संघीय सर्वोच्च अदालतले टेलिग्राममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शुक्रबार भएको उक्त निर्णयसँगै अब ब्राजिलका इन्टरनेट सेवा प्रदायकले आफ्ना प्रयोगकर्तालाई टेलिग्रामको पहुँचमा प्रतिबन्ध लगाउनुपर्ने भएको छ ।

ब्राजिलका स्थानीय सञ्चार माध्यमका अनुसार संघीय प्रहरीको अनुरोधमा यो निर्णय भएको हो । ब्राजिलमा टेलिग्राम अदालत र प्रहरीको निर्देशन नमान्ने एपको रुपमा परिचित रहेको छ ।

टेलिग्रामको यो व्यवहारका कारण अन्य एपमा पनि सोही रुपमा प्रस्तुत भइरहेका छन् । पछिल्लो समय ब्राजिलमा टेलिग्राम ह्याकरको सूचना राख्ने तथा पठाउने माध्यम, अर्थात् ‘डिप वेब’ प्लेटफर्मका रुपमा उदाइरहेको छ ।

यस्तोमा टेलिग्रामका प्रतिनिधिले सरकारलाई सहयोग नगर्दा वातावरण अझ बिग्रदै गएको भन्दै प्रहरीले एप बन्द गर्ने निर्णय लिन अदालतलाई आग्रह गरेको थियाे ।

अदालतको यो निर्णयको बारेमा ब्राजिलको राष्ट्रिय दूरसञ्चार निकायले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको जनाइएको छ । साथै यदि यो निर्णय पालना नगरे दैनिक एक लाख ब्राजिलियन रियल जरिवाना लाग्ने जनाइएको छ ।

ब्राजिल सरकारले टेलिग्रामलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै टेलिग्रामले भने केही समय दिन आग्रह गरेको छ ।

‘हामी (टेलिग्राम) र ब्राजिलको उच्च अदालतबीच ईमेलमा भएको गलत सञ्चारले यस्तो खालको अवस्था सिर्जना भएको हो,’ कम्पनीका संस्थापक एवं सीईओ पाभेल डुरोभले भनेका छन्, ‘हामी ब्राजिलमा कानूनी प्रतिनिधि पठाएर त्यहाँको समस्या समाधान गर्छौं । यसका लागि केही दिनको समय आवश्यक हुन्छ ।’

ब्राजिल सरकारले यो विषयमा आगामी कदम कस्तो चाल्नेछ भने विषय बाँकी नै छ ।

तर, सरकारले यदि कसैले भीपीएन प्रयोग गरेर टेलिग्राम चलाएको खण्डमा त्यस्ता प्रयोगकर्तालाई २० हजार डलरसम्म कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३