close

इन्स्टाग्राममा छोराछोरी के गर्दैछन् ? अब अभिभावकले निगरानी गर्न सक्ने

टेकपाना टेकपाना

चैत ७, २०७८ १६:७

इन्स्टाग्राममा छोराछोरी के गर्दैछन् ? अब अभिभावकले निगरानी गर्न सक्ने

काठमाडौं । फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब अभिभावकले आफ्ना छोराछोरीको अकाउन्टमाथि निगरानी तथा नियन्त्रण गर्न मिल्ने फिचर सार्वजनिक भएको छ ।

लामो समयदेखि चर्चा भएको ‘प्यारेन्ट्स कन्ट्रोल’ फिचर सुरुवाती चरणमा अमेरिकी प्रयोगकर्ताका लागि सार्वजनिक भएको छ ।

यो फिचर अन्तर्गत अभिभावकले आफ्ना छोराछोरीले कसलाई फलो गरिरहेका छन्, उनीहरूलाई कसले फलो गरिरहेको छ तथा कति समयसम्म उनीहरूले एप प्रयोग गर्न पाउँछन् लगायतका गतिविधिमाथि नियन्त्रण गर्न सक्नेछन् ।

यो फिचर १३ देखि १७ वर्षसम्मका बालबालिकाका लागि बनाइएको हो ।

इन्स्टाग्रामको नियम अनुसार १३ वर्षभन्दा मुनिका बालबालिकाले अकाउन्ट बनाउन पाइँदैन र यदि प्रयोगकर्ता १३ देखि १७ वर्षसम्मको छ भने अभिभावकले यो फिचर आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत प्रयोग गर्न पाउनेछन् ।

बालबालिकाको सुरक्षाको लागि इन्स्टाग्रामले लामो समयदेखि यो फिचरमा काम गरिरहेको थियो । यो फिचर चाँडै नै विश्वबजारका प्रयोगकर्ताले प्रयोग गर्न पाउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३