close

अब इन्स्टाग्राममा आफ्नो प्रडक्ट पनि ट्याग गर्न मिल्ने

टेकपाना टेकपाना

चैत १०, २०७८ ९:५७

अब इन्स्टाग्राममा आफ्नो प्रडक्ट पनि ट्याग गर्न मिल्ने

काठमाडौं । इन्स्टाग्राममा अब आफ्ना प्रडक्टहरू पनि ट्याग गर्ने मिल्ने फिचर आउने भएको छ । सुरुमा अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध हुने यो फिचर प्रयोग गर्न हाल बिजनेस अथवा क्रियटर अकाउन्टका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउथे ।

अब भने सबै प्रकारका प्रयोगकर्ताले यो फिचर केही महिनाभित्रै प्रयोग गर्न पाउने भएका छन् । यो फिचर अन्तर्गत प्रयोगकर्ताले साथीलाई ट्याग गरेको जस्तै कुनै सामग्रीको शपिङ लिंक सोझै ट्याग गर्न सकिनेछ ।

इन्स्टाग्राम एक एपमा परिणत भएको छ, जहाँ लगभग सबै चीज किनमेल गर्न सकिन्छ, र अब तपाईं उही लुक किन्न सक्नुहुन्छ, जुन तपाइँको साथीले उनीहरूको पोष्टहरूमा लगाएको छ ।

किनमेलका लागि इन्स्टाग्राम अहिले लोकप्रिय प्लेटफर्म भएको छ, जहाँ प्रडक्ट ट्याग गर्ने फिचरले तपाईंलाई थप सहज हुनसक्छ । सन् २०१६ मा ईकमर्सलाई प्रवर्द्धन गर्ने लक्ष्य सहित इन्स्टाग्रामले सुरुमा यो फिचर सार्वजनिक गरेको थियो ।

छि यो प्रडक्ट ट्याग फिचर भिडिओ र स्टोरीहरूमा पनि राख्न मिल्ने बनाइएको हो । प्रडक्ट ट्याग गर्नको लागि सधै जस्तो गरि आफ्नो पोस्ट क्रियट गर्नुहोस् । यसपछि नेक्स्ट पेजमा क्लिक गरेर ट्याग पिपुल अप्सनमा क्लिक गर्नुहोस् ।

यो अप्सन अन्तर्गत अब भने ‘ट्याग प्रडक्ट’ भन्ने अप्सनमा आउनेछ । सो अप्सनमा क्लिक गरेर आफ्नो फोटो वा भिडिओमा भएको प्रडक्टमा क्लिक गरी सो प्रडक्टको ब्रान्डलाई ट्याग गर्न सकिन्छ ।

अन्य प्रयोगकर्ताले भने उक्त प्रडक्ट ट्याग गरेर सोझैँ सामान खरिद गर्न सक्नेछन् । हाल प्रत्येक हप्ता १६ लाखभन्दा बढी प्रयोगकर्ताहरूले प्रडक्ट ट्याग फिचर प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२