काठमाडौं । नेपालका एक मात्र अमेरिकी डलर अर्बपति विनोद चौधरीको सीजी टेलिकम लामो समयदेखि मोबाइल सेवाको अनुमतिपत्रको पर्खाइमा रहेको छ । आफ्नै पार्टीको सरकार भएको अहिलेको अवस्था सीजीले अनुमति पाउने धेरैले अनुमान गरेका थिए ।
तर, नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको अपेक्षा विपरीतको निर्णय गरिदिँदा यतिबेल सीजी टेलिकमले अनुमतिपत्र ‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’ भनेजस्तै भएको छ ।
कानूनी प्रक्रियाभन्दा बाहिर गएर पहुँचको आधारमा सोझै माथिबाटै निर्णय गराउने सीजीको उक्त तयारीमा प्राधिकरण ‘भिलियन’ हुँदा यतिबेला सीजी पुनः पर्ख र हेरको अवस्थामा पुगेको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सीजी टेलिकमलाई मोबाइल सेवाको लाइसेन्स जारी गर्न सकिने गरी सिफारिस पठाउनुपर्ने आशयसहित गत माघको अन्तिम साता प्राधिकरणलाई पत्राचार गरेको थियो ।
तर गएको फागुन १७ गते बसेको प्राधिकरण बोर्ड बैठकले त्यसअनुसार निर्णय तथा सिफारिस गरिरहनु नपर्ने निर्णय सहितको जवाफ मन्त्रालयलाई पठाएको थियो ।
योसँगै तत्कालका लागि सीजीले अनुमति पाउने सम्भावनामा रोक लागेको थियो । यसैबीच फागुन २८ गते पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीजीलाई लक्षित गर्दै एउटा ट्वीट गरे ।
‘सरकारले २० अर्ब लिएर दिनुपर्ने एकीकृत दुरसञ्चार सेवा सञ्चालन अनुमतिपत्र ग्रामीण दुरसञ्चार सेवा सञ्चालन अनुमतिपत्रका नाममा २५ लाखमै दिने तयारी तीव्र । जय परमादेश कम्फर्टेबल !’ भन्दै उने ट्वीट गरे ।
सरकारले बीस अर्ब लिएर दिनु पर्ने एकिकृत दुरसन्चार सेवा सन्चालन अनुमती पत्र ग्रामीण दुरसन्चार सेवा सन्चालन अनुमती पत्रका नाममा पच्चिस लाखमै दिने तयारी तिब्र। जय परमादेशी कम्फर्टेवल!
उक्त ट्वीटको जवाफका लागि सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरी उत्रिए ।
उनले लेखे, ‘सीजी टेलिकम विरुद्ध अफवाह फैलाइरहेका एक पूर्वमन्त्रीले २५ लाखमा लाइसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएका छन् । यो त कुनै टेलिकमका लागि उहाँहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रक्रियाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौँ ।’
सीजी टेलिकम विरूद्ध अफवाह फैलाईरहेका एक पूर्व मन्त्रीले २५ लाखमा लाईसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएका छन् । यो त कुनै टेलिकमकालागि उहाँहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रकृयाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौँ ।
उनको यो ट्वीटको जवाफमा पुनः मन्त्री बाँस्कोटाले ‘एक करोड १८ लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गरोस् न पहिले १६ जिल्लामा पीसीओ राख्न अनुदान लेको त्यसको कम्पनीले’ भन्दै ट्वीट गरे ।
यो विषय उनले एनएसटीपीएललाई सरकारले अनुदान दिएको रकमलाई लिएर सीजीमाथि प्रश्न गरेका थिए । सरकारले सीजीलाई पूर्वका करिब १६ जिल्ला पीसीओ राख्नका लागि भन्दै एक करोड १८ लाख डलर उपलब्ध गराएको थियो ।
सरकारले यसलाई शर्तको रुपमा राखेको थियो । उक्त शर्त तोकेको खण्डमा मोबाइल सर्भिसको अनुमति पाउने सम्भावना सीजीको थियो ।
तत्कालीन सरकारले १ जेठ २०६९ को राजपत्रमा सूचना प्रकाशित गर्दै आधारभूत टेलिफोन सेवा (युनिफाइड लाइसेन्स) का लागि अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर, आवश्यक योग्यता र शर्तहरू तय गरेको थियो ।
सोही व्यवस्था अनुसार स्मार्ट टेलिकम, यूटीएल र सीजी टेलिकमले लाइसेन्सका लागि प्राधिकरणमा निवेदन दिएका थिए । जसमध्ये स्मार्ट टेलिकम र यूटीएलको नाममा युनिफाइड लाइसेन्स जारी भयो ।
तर प्राधिकरणले चैत २०६९ मा सीजी टेलिकमको हकमा भने निर्धारित योग्यता पुरा गरेपछि मात्र अनुमतिपत्र जारी गर्ने निर्णय लियो । यस्तोमा सीजीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को पालामा मन्त्रिपरिषदबाट पूर्व शर्तलाई अनुमति प्राप्त गरेपश्चात गर्नसक्ने बनायो ।
तर, उक्त निर्णय राजपत्रमा प्रकाशित नुहँदा सीजीको अनुमतिको विषय त्यसै अड्कियो । सोही विषयलाई यतिबेला पुनः अघि बढाएर राजपत्रमा प्रकाशित गर्ने तयारी भएतापनि प्राधिकरणले अनुमति दिन नसक्ने जनाउ दिएसँगै एको छ । भने, भित्रभित्रै बाट अनुमतिको प्रक्रिया अघि बढी रहेको विषय बाँस्कोटाको ट्वीटले बोलको छ ।
त्यसैबाट सुरु भएको ट्वीट जुहारी आझ सम्म पनि कायमै रहको छ । यो बिचमा सीजी टेलिकमका प्रबन्ध निर्देशक चौधरीले धेरै ट्वीट गरिसकेका छन् । जसमा एउटा ‘२५ लाखमा लाइसेन्स दिने प्रपन्च त अर्को टेलिकम कम्पनीलाई लाइसेन्स दिन बनाइएको थियो जुन अहिलेसम्म पनि न त सञ्चालनमा आएको छ, न कुनै बक्यौता भुक्तानी नै गरेको छ,’ भन्ने रहेको छ ।
२५ लाखमा लाईसेन्स दिने प्रपन्च त अर्को टेलिकम कम्पनीलाई लाईसेन्स दिन बनाईएको थियो जुन अहिलेसम्म पनि न त संचालनमा आएको छ, न कुनै बक्यौता भुक्तानी नै गरेको छ ।
सोही दिन उनले ‘सीजी टेलिकमले सरकार वा प्राधिकरणलाई तिर्नुपर्ने कुनै पनि बक्यौता बाँकी छैन । तर, अन्य टेलिकम कम्पनीको ८ अर्ब बक्यौता छ । झोलामा लाइसेन्स बोकेर हिँडेकाहरूको उद्देश्य नेपालमा टेलिकम चलाउने होइन, लाइसेन्सको व्यापार गर्नु हो भन्ने देखिन्छ । सरकारको यसतर्फ गम्भीरतापूर्वक ध्यान जान जरुरी छ,’ भन्दै अर्को ट्वीट गरेका छन् ।
सीजी टेलिकमले सरकार वा एनटिएलाई तिर्नुपर्ने कुनै पनि बक्यौता बाँकी छैन । तर, अन्य टेलिकम कम्पनीको ८ अर्ब बक्यौता छ ।झोलामा लाईसेन्स बोकेर हिडेकाहरूको उदेश्य नेपालमा टेलिकम चलाउने होइन, लाईसेन्सको ब्यापार गर्नु हो भन्ने देखिन्छ । सरकारको यसतर्फ गम्भिरतापूर्वक ध्यान जान जरुरी छ । pic.twitter.com/2GtKMbJ6j3
सोही दिनमा आएको अर्को ट्वीटमार्फत सीजीले तोकिएको शर्त पुरा गरिसकेको जनाउ उनले दिएका छन् ।
‘सीजी टेलिकमले युनिफाइड लाइसेन्स प्राप्त गर्न सम्पूर्ण प्रक्रिया पुरा गरेको छ । प्राधिकरणले ठीक समयमा उत्कृष्ट सेवा गरेको भन्दै हामीलाई प्रमाणपत्र दिएको हो । लाइसेन्सका लागि प्रक्रिया पुरा नभएको प्रचार अफवाह बाहेक केही होइन ।’ भन्दै प्राधिकरणका तत्कालीन व्यवस्थापक आनन्दराज खनालले हस्ताक्षर गरेको पत्रसमेत राखेका छन् ।
सीजी टेलिकमले युनिफाईड लाईसेन्स प्राप्त गर्न सम्पूर्ण प्रकृया पुरा गरेको छ ।एनटिएले ठिक समयमा उत्कृष्ट सेवा गरेको भन्दै हामीलाई प्रमाणपत्र दिएको हो । लाइसेन्सका लागि प्रकृया पुरा नभएको प्रचार अफवाह बाहेक केही होइन । pic.twitter.com/tjgrKtoGCq
बुधबारमात्रै उनले पुनः अनुमतिको विषयलाई लिएर ट्वीट गरेका छन् । जसमा ‘सीजीलाई लाइसेन्स दिने क्याबिनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लञ्चका लागि बार्सिलोना समेत धाउनुभाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पार्यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नुभएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नि !’ भन्दै बार्सिलोनामा मन्त्री बास्कोटा सहितको फोटा राखेका छन् ।
ट्वीटको प्रक्रिया यतिमै रोकिएको छैन । चौधरीको उक्त ट्वीटमा रिप्लाई दिँदै मन्त्री बास्कोटाले भनेका छन्, ‘मेला भर्न गको बाटोमै भेट भको, विश्व मोबाइल कंग्रेसमा । हेक्का रहोस् सत्य एउटा मात्र हुन्छ । चोरबाटोबाट दिने निर्णय प्रचण्ड क्याबिनेटले जाँदाजाँदै गरेको हो । हामीले होइन ।’
मेला भर्न गगो बाटोमै भेट भको ,विश्व मोवाईल कंग्रेसमा।हेक्का रहोस सत्य एउटा मात्र हुन्छ।चोरबाटोबाट दिने निर्णय प्रचणड क्याविनेटले जादांजादैं गरेको हो। हामीले होईन।
उनको यो ट्वीटको आशय आफू बार्सिलोनामा सीजीको टेलिकमको लञ्जको लागि नगएको भन्ने हो । एउटै मेलामा घुम्दै गर्दा सीजीको स्टलमा पुग्दा आफ्नै देशको कम्पनीको नाताले त्यहाँ उपस्थित मात्रै भएको विषय उनले यसअघि नै बताउँदै आएका छन् ।
त्यसकाे जवाफमा फेरि निर्वाण चाैधरीले लेखे, ‘आदरणीय पूर्वमन्त्रीज्युले सबै कुरा बुझेर पुरा तयारीकासाथ एमडब्लूसीमा पुग्नुभाथ्यो । नत्र मन्त्रीजस्तो ब्यक्तिलाई कसैले तानेर एमओयूमा लैजान मिल्छ र !? फर्केपछि उहाँका वरिपरिकाले के के भने अनि उहाँले २५ लखको प्रोपोगन्डा सुरु गर्नु भो ।