close

ओक्टा ह्याकबाट सयौं कम्पनीको व्यवसाय खतरामा

टेकपाना टेकपाना

चैत ११, २०७८ ९:४

ओक्टा ह्याकबाट सयौं कम्पनीको व्यवसाय खतरामा

काठमाडौं । कम्पनीहरुलाई प्रयोगकर्ताको लगईन डिटेल सुरक्षित राख्ने प्लेटफर्म उपलब्ध गराउँदै आएको ‘ओक्टा’ साइबर हमलामा परेपछि त्यसकाे असर विश्वका सयौं कम्पनीमा परेको अनुमान गरिएको छ ।

ओक्टा आफैंले साइबर आक्रमणबाट आफ्ना सम्पूर्ण ग्राहकमा असर परेको र उनीहरुको डेटा ह्याकरले हेरेको हुनसक्ने बताएको छ ।

कम्पनीमा हाल १५ हजारभन्दा बढी कम्पनीहरु जोडिएका छन् । जसमध्ये फेडएक्स जस्ता ठूला कम्पनी समेत छन् । यस्तोमा केही दिन अघिमात्रै कम्पनीको सिस्टममा साइबर ग्याङ ल्याप्सपले आक्रमण गरेको थियो ।

यो ग्याङले विशेषगरी कम्पनीको सिस्टम ह्याक गरी उनीहरुको महत्वपूर्ण डेटामा पहुँच बनाएर फिरौती माग्ने गर्छ ।

हालै यो ग्याङले माइक्रोसफ्टको ३७ जीबी बराबरको सोर्सकोडको डेटा चोरेको घटना बाहिरिएको छ । माइक्रोसफ्टले पनि आफ्नो सिस्टममा ह्याकरले पहुँच बनाएको स्वीकार गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२