close

गिफका संस्थापक स्टिफनको निधन 

टेकपाना टेकपाना

चैत ११, २०७८ १०:२२

गिफका संस्थापक स्टिफनको निधन 

काठमाडौं । गिफ (जीआईएफ) का संस्थापक स्टिफन विल्हाइटको ७४ वर्षको उमेरमा निधन भएको छ ।  उनकी श्रीमतीसँग भएको कुराकानी अनुसार कोभिडको कारण गत हप्ता स्टिफनको मृत्यु भएको द भर्जले जनाएको छ ।

स्टिफनले ‘कम्युसर्भ’ नामक कम्पनीमा काम गर्दा गिफ अथवा ग्राफिक्स इन्टरचेञ्जमा काम गरेका थिए । जुन अहिले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदा, मेसेज पठाउँदा र ब्यंग्य गर्नका लागि प्रयोग हुने गरेको छ । 

आजको दिनमा गिफको प्रयोग अत्यधिक मात्रामा बढेको छ र मानिसहरू यसको प्रयोग गर्न रुचाउछन् । आफ्ना भावनाहरू गिफमार्फत् व्यक्त गर्ने प्रचलन पनि निकै बढेको छ ।

गिफमा स्टिफनले धेरै मेहेनत गरेका थिए । उनले यसमा काम गर्नु अघि कसैलाई बताएका थिएनन् । आफ्नै घरमा बसेर सम्पूर्ण रुपमा गिफ तयार पारेपछि मात्र उनले कार्यालयमा आएर आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । 

आजको दिनमा यसको उच्चारणमा पनि निकै विवाद छ । प्रचलनमा गिफ भनेर आएपनि सन् २०१३ मा स्टिफन आफैँले द न्यु योर्क टाइम्समा दिएको अन्तर्वार्तामा खासमा यसको उच्चारण ‘जिफ’ हुने बताएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२