काठमाडौं । कुनै बेला हामीलाई आफूले वा अरू कसैले आफ्नो गुगल अकाउन्टमा राखिदिएको नाम मन परेको हुँदैन र त्यसलाई परिवर्तन गर्नुपर्ने हुन्छ । त्यस्तै कतिपय अवस्थामा हामीलाई फरक अनलाइन नाम राख्न मन लागिरहेको हुनसक्छ ।
एन्ड्रोइड फोन, आईफोन, म्याकबुक, आईप्याड वा कम्प्युटरबाट सहजै गुगल अकाउन्टको नाम परिवर्तन गर्न सकिन्छ । यिनै डिभाइसबाट झन्झट बिना सहजै हामी गुगल अकाउन्टमा भएको नाम परिवर्तन गर्न सक्छौँ ।
जिमेल र गुगल अकाउन्टमा पनि फरक फरक नाम राख्न मिल्छ । त्यस्तै यसलाई परिवर्तन गर्नै तरिका पनि फरकफरक छन् । आज हामी गुगल अकाउन्टमा नाम परिवर्तन गर्ने केही तरिकाबारे बताउँदै छौँ ।
डेक्सटपका गुगल अकाउन्ट नाम अपडेट गर्ने तरिका
यदि तपाईँ विन्डोज, म्याक, लिनक्स वा क्रोमबुक कम्प्युटर प्रयोग गर्नुहुन्छ भने गुगल अकाउन्ट वेबसाइट प्रयोग गरेर नाम परिवर्तन गर्न सक्नुहुन्छ । यी डिभाइसहरूमा गुगल अकाउन्टको नाम परिवर्तन गर्न निम्नअनुसार उपाय अपनाउनुहोस्;
१. सबैभन्दा पहिला गुगल अकाउन्टमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।
२. गुगल अकाउन्टमा साइनइन गरिसकेपछि साइटको दायाँतिरको साइडबारमा क्लिक गर्नुहोस् ।
३. साइडबारमा क्लिक गरिसकेपछि त्यहाँ देखिएको पर्सनल इन्फो (Personal Info) अप्सनमा क्लिक गर्नुहोस् ।
४. क्लिक गरिसकेपछि बायाँतिर रहेको बेसिक इन्फो (Basic Info) सेक्सन देखिन्छ । त्यसपछि तपाईँले पहिले राखेको नाममा क्लिक गर्नुपर्ने हुन्छ ।
५. अब त्यहाँ भएको पुरानो नाम हटाएर नयाँ नाम राख्नुहोस् र त्यसलाई सेभ गर्नु होस् ।
एन्ड्रोइडमा गुगल अकाउन्टको नाम परिवर्तन गर्ने तरिका
एन्ड्रोइड फोनमा गुगल अकाउन्टको नाम परिवर्तन गर्न सबैभन्दा पहिला फोनको सेटिङमा जानु होस् । सेटिङमा भएको गुगल अप्सनमा ट्याप गर्नुहोस् ।
१. त्यसपछि त्यहाँ म्यानेज योर गुगल अकाउन्ट (Manage your Google Account) भन्ने अप्सन देखिन्छ ।
२. त्यसमा ट्याप गरेपछि पर्सनल इन्फो (Personal Info) मा ट्याप गर्नुहोस् ।
३. पर्सनल इन्फोमा ट्याप गरिसकेपछि बेसिक इन्फोमा जानुहोस् र त्यसमा भएको नाममा ट्याप गरेर परिवर्तन गरी सेभ गर्नुहोस् ।
आईप्याड वा आईफोनमा गुगल अकाउन्टको नाम परिवर्तन गर्ने तरिका
आईफोन वा आईप्याडमा गुगल अकाउन्टको नाम अपडेट गर्न निम्नअनुसारको चरण पच्छ्याउनुहोस् ।
१. सबैभन्दा पहिला आफ्नो डिभाइसमा भएको जिमेल एपमा जानुहोस् ।
२. जिमेल एपको सबैभन्दा माथि बायाँतिर रहेको मेनुबारमा ट्याप गर्नुहोस् ।
३. त्यसपछि सेटिङ अप्सन देखिन्छ । त्यसमा क्लिक गर्नु भयो भने सबैभन्दा माथि फोटो सहितको जिमेल आइडी देखिन्छ ।
४. जिमेल आइडीमा क्लिक गरिसकेपछि म्यानेज योर गुगल अकाउन्ट (Manage your Google Account) अप्सन देख्न सक्नुहुन्छ ।
५. त्यसपछि पर्सनल इन्फोमा ट्याप गर्नुहोस् ।
६. पर्सन इन्फोमा ट्याप गरिसकेपछि बेसिक इन्फोको पेज खुल्छ ।
७. त्यसमा भएको नाममा ट्याप गर्नु भयो भने नाम परिवर्तन गर्न सकिन्छ । नाम परिवर्तन गरिसकेपछि सेभ बटन थिच्नु भयो भने नाम परिवर्तन हुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
