काठमाडौं । कुनै बेला हामीलाई आफूले वा अरू कसैले आफ्नो गुगल अकाउन्टमा राखिदिएको नाम मन परेको हुँदैन र त्यसलाई परिवर्तन गर्नुपर्ने हुन्छ । त्यस्तै कतिपय अवस्थामा हामीलाई फरक अनलाइन नाम राख्न मन लागिरहेको हुनसक्छ ।
एन्ड्रोइड फोन, आईफोन, म्याकबुक, आईप्याड वा कम्प्युटरबाट सहजै गुगल अकाउन्टको नाम परिवर्तन गर्न सकिन्छ । यिनै डिभाइसबाट झन्झट बिना सहजै हामी गुगल अकाउन्टमा भएको नाम परिवर्तन गर्न सक्छौँ ।
जिमेल र गुगल अकाउन्टमा पनि फरक फरक नाम राख्न मिल्छ । त्यस्तै यसलाई परिवर्तन गर्नै तरिका पनि फरकफरक छन् । आज हामी गुगल अकाउन्टमा नाम परिवर्तन गर्ने केही तरिकाबारे बताउँदै छौँ ।
डेक्सटपका गुगल अकाउन्ट नाम अपडेट गर्ने तरिका
यदि तपाईँ विन्डोज, म्याक, लिनक्स वा क्रोमबुक कम्प्युटर प्रयोग गर्नुहुन्छ भने गुगल अकाउन्ट वेबसाइट प्रयोग गरेर नाम परिवर्तन गर्न सक्नुहुन्छ । यी डिभाइसहरूमा गुगल अकाउन्टको नाम परिवर्तन गर्न निम्नअनुसार उपाय अपनाउनुहोस्;
१. सबैभन्दा पहिला गुगल अकाउन्टमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।