काठमाडौं । जिमेलले कम्प्युटरबाटै मोबाइलको नोटिफिकेसन नियन्त्रण गर्न मिल्ने फिचर ल्याउने भएको छ । स्मार्टफोनमा म्यासेज, फोन लगायत अन्य थुप्रै एपहरूको नोटिफिकेसन आइरहेको हुन्छ ।
केही आवश्यक हुन्छन् भने अधिकांश कामै नलाग्ने हुन्छ । अनि कहिलेकाहिँ ल्यापटप र मोबाइलमा एउटै एपको नोटिफिकेसन आइरहँदा झ्याउ लाग्न सक्छ ।
यही कुरालाई सम्बोधन गर्न जिमेलले नयाँ फिचर ल्याउने भएको हो । यो फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा जिमेल प्रयोग गर्दा, आफ्नो फोनमा जिमेलको नोटिफिकेसनहरू पज अथवा रोक्न सकिनेछ ।
यो फिचर पहिलो पटक फेब्रुअरीमा केही सीमित प्रयोगकर्ताको अकाउन्टमा देखिएको थियो । यद्यपि कम्पनीले कहिलेसम्म यो फिचर सबैको लागि सार्वजनिक गर्छ भन्ने विषयमा भने केही जानकारी दिएको छैन ।
यो फिचर प्रयोग गर्नको लागि जिमेलको सेटिङमा गई सेक्युरिटी एन्ड प्राइभेसी अप्सनमा क्लिक गरेपछि त्यहाँ साइट सेटिङ भनेर आउँछ ।
उक्त अप्सनमा क्लिक गरेर एडिसनल पर्मिसन अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो मोबाइलमा आउने नोटिफिकेसन पज गर्न सकिनेछ ।