close

हरेक नागरिकले प्राकृतिक विपदबारे पूर्व जानकारी दिने सिस्टम पाउने

टेकपाना टेकपाना

चैत १४, २०७८ १२:५२

हरेक नागरिकले प्राकृतिक विपदबारे पूर्व जानकारी दिने सिस्टम पाउने

काठमाडौं । संयुक्त राष्ट्र संघले मौसम तथा विपदबारे पूर्वजानकारी दिने सिस्टम विश्वका सबै व्यक्तिलाई उपलब्ध गराउने भएकाे छ । राष्ट्रसंघले पञ्च वर्षीय योजना अन्तर्गत यसलाई अघि बढाएको हो ।

यसको अर्थ अबको पाँच वर्षभित्र विश्वका हरेक नागरिकको पहुँचमा मौसमको पूर्वजानकारी दिने सिस्टम उपलब्ध हुनेछ । पछिल्ला वर्षमा बढ्दो जलवायु परिवर्तनका कारण मौसम दिनानुदिन परिवर्तन भइरहेको छ ।

यस्तोमा मानिसको जीवन सुरक्षासँग सम्बन्धित रहेको यो सिस्टमलाई हरेक मानिसको हातमा पुर्‍याउने योजना राष्ट्रसंघले ल्याएकाे छ ।

यो सिस्टमले कुनै पनि विपद तथा मौसमको विषयमा पूर्व जानकारी दिनेछ । त्यो हुँदा मान्छेले सावधानी अपनाउन सक्नेछन् ।

वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन (डब्लूएमओ) का अनुसार हालसम्म विश्वमा तीन जनामध्ये एक जनासँग मात्रै अर्ली वार्निङ सिस्टमको पहुँच पुगेकाे छ ।

यस्तोमा सबैलाई यो सिस्टममार्फत समेट्न आवश्यक रहेको राष्ट्र संघका महासचिव एन्टोनियो गटर्सले बताएका छन् । डब्लूएमओ डेका दिन उनले अबको पाँच वर्षमा यो सिस्टम विश्वका सबै नागरिकको पहुँचमा पुर्‍याउने योजना अघि बढाएको जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२