close

‘तराजु’ चुनाव चिन्ह बाँड्दै विवेकशील साझा, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

चैत २०, २०७८ १८:४५

‘तराजु’ चुनाव चिन्ह बाँड्दै विवेकशील साझा, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । विवेकशील साझा पार्टीले आउँदो स्थानीय चुनावलाई लक्षित गरी स्वतन्त्र एवम् सक्षम युवालाई चुनाव चिन्ह तराजु प्रयोग गर्न आह्वान गरेको छ ।

इच्छुक उम्मेदवारले चुनाव चिन्हका लागि यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् ।

‘राम्रो र सक्षम युवाले जितुन् भन्ने हाम्रो चाहना हो,’ पार्टीका प्रवक्ता दीपक उप्रेतीले भने, ‘उहाँहरूलाई प्रचार गर्न सहयोग होस् भन्ने मनसायले हामीले यो विचार अघि सारेका हौं ।’

स्वतन्त्र उम्मेदवारले आफ्नो प्रचारका लागि चुनाव चिन्ह पाउन धेरै समय कुर्नुपर्ने भएकाले पहिले नै तराजु चिन्ह लिएर प्रचार गर्दा यसले केही सहयोग पुग्ने उप्रेतीले बताए ।

‘यसका लागि सदस्य नै हुनपर्ने भन्ने छैन । सक्षम व्यक्ति जोसुकैले चुनाव चिन्ह लिनसक्छन्,’ उनले भने ।

यदि कुनै क्षेत्रबाट दुई वा दुईभन्दा बढी उम्मेदवार उठ्न चाहेमा उनीहरूबीच सहकार्य गराएर कुनै एक सक्षम व्यक्तिलाई चुनावमा उठाइने उप्रेतीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३