close

कम्प्युटर पुरानो भयो ? क्रोम ओएस राखेर यसरी दिनुहोस् पुनर्जीवन

टेकपाना टेकपाना

चैत २०, २०७८ १९:३३

कम्प्युटर पुरानो भयो ? क्रोम ओएस राखेर यसरी दिनुहोस् पुनर्जीवन

काठमाडौं । नयाँ फिचर सहित ल्यापटप तथा डेस्कटप कम्प्युटर उपलब्ध हुँदै गर्दा पुराना फिचर भएका उपकरण थन्किन थाल्छन् । बजारमा पनि मूल्य नपाएपछि यी उपकरण घर, अफिसमा बेवारिसे अवस्था राखिन्छ ।

यो कुरालाई सामाधान गर्न गुगलले निःशुल्क अपरेटिङ सिस्टम ल्याएकाे छ, जसलाई नाम दिइएकाे छ, ‘क्रोम ओएस फ्लेक्स‘ ।

यो ओएस विन्डोज, म्याक र लिनक्स कम्प्युटरहरूमा प्रयोग गर्न सकिन्छ । क्रोम ओएस फ्लेक्स अहिले पहिलो चरणमा नै भएका कारण केही बग भने हुनसक्छ ।

कस्तो सिस्टम भएको कम्प्युटरमा क्रोम ओएस फ्लेक्स प्रयोग गर्न सकिन्छ त ?

गुगलको क्रोम ओएस फ्लेक्स विभिन्न १८ ब्राण्डका कम्प्युटर तथा ल्यापटपमा प्रयाेग गर्न सकिन्छ । योसँगै गुगलले क्रोम ओएस फ्लेक्स प्रयोग गर्न डिभाइसमा हुनुपर्ने केही न्यूनतम आवश्यकताका बारेमा पनि उल्लेख गरेको छ ।

– इन्टेल अथवा एएमडीको एक्स ८६-६४ (x86-64) प्रोसेसर

– ४ जीबी र्‍याम

– १६ जीबी इन्टर्नल स्टोरेज

– यूएसबी ड्राइभबाट बुट गर्न मिल्ने

– बेसिक इन्पुट/आउटपुट सिस्टम (बीआईओएस): क्रोम ओएस फ्लेक्स यूएसबी इन्टलर मार्फत कम्प्युटर बुट गर्नुपर्ने हुदाँ केही समस्या आएमा बीआई‌ओएस एडजस्ट (मिलाउनु) गर्नुपर्ने हुन्छ ।

– सन् २०१० भन्दा पछि बनेका प्रोसेसर र ग्राफिक्स (सन् २०१० भन्दा अगाडि बनेको ल्यापटपमा यो ओएसले काम गर्ने छैन ।)

यो ओएसको लागि इन्टेलको जीएमए ५००, ६००, ३६०० र ३६५० ग्राफिक्स हार्डवेयर भएको ल्यापटप भने कम्प्याटिबल हुने छैन । योसँगै कम्प्युटरमा क्रोम ब्राउजर इन्स्टल भएको र ८ जीबी यूएसबी ड्राइभ भएको हुनुपर्ने छ ।

क्रोम ओएस फ्लेक्स यूएसबी इन्स्टलर 

क्रोम ओएस फ्लेक्स इन्स्टल गर्न ‘यूएसबी इन्स्टलर’ क्रियट गर्नुपर्ने हुन्छ । यो यूएसबी ड्राइभमा ओएस इन्स्टल गर्न आवश्यक सम्पूर्ण फाइल तथा डेटा उपलब्ध हुन्छ ।

क्रोमबुक रिकभरी युटिलिटी एक्स्टेन्सन मार्फत यूएसबी इन्स्टलर क्रियट गर्न सकिन्छ । क्रोम वेब स्टोरमार्फत ब्राउजरमा एक्स्टेन्सन थप गर्न सकिन्छ ।

– यसको डाइरेक्ट लिंक पाउन यहाँ क्लिक गर्नुहोस् । एक्स्टेन्सन एड भइसकेपछि विन्डोमा दिइएका निर्देशनलाई पछ्याउँदै जानुहोस् ।

– कम्युटरमा प्रयोग भइरहेको यूएसबी ड्राइभ फर्म्याट गर्नुहोस् ।

– यसपछि क्रोमबुक पहिचान गर्न अनुरोध गर्छ । यसका लागि स्क्रिनमा दिएको अप्सनमा भएकामध्ये ‘गुगल क्रोम ओएस फ्लेक्स’ मा क्लिक गर्नुहोस् ।

–  आफ्नो प्रडक्टको नाममा क्लिक गरेर ‘वन्ली’ अप्सनमा क्लिक गर्नुहोस् ।

– ‘कन्टिन्यु’ मा क्लिक गर्नुहोस् ।

– यूएसबी ड्राइभ जोड्नुहोस् र ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।

– ‘क्रियट नाउ’ मा क्लिक गर्नुहोस् । 

एक्स्टेन्सन डाउनलोड हुन केही समय लाग्नेछ । 

पीसी, म्याक र लिनक्समा क्रोम ओएस फ्लेक्स इन्स्टल 

इन्स्टलेसन ड्राइभ क्रियट गरिसेकपछि पुराना कम्प्युटरहरू क्रोम ओएस फ्लेक्स इन्स्टल गर्नका लागि तयार हुन्छन् ।

– आफ्नो पुरानो कम्प्युटर शटडाउन गर्नुहोस् र यूएसबी इन्स्टलेसन ड्राइभ जोड्नुहोस् ।

– कम्प्युटरको पावर बटन अन गर्नुहोस् र लगत्तै कम्प्युटर बुट बटनमा क्लिक गर्नुहोस् । यदि ‘बुट की’ को बारेमा थाहा छैन भने यहाँ क्लिक गर्नुहोस् । यदि तपाईंको ल्यापटपमा ‘बुट की’ छैन भने कम्प्युटर रिस्टार्ट गर्नुपर्ने हुन्छ ।

यसपछिको प्रक्रिया भने कम्प्युटरको ब्राण्डअनुसार फरक पर्नसक्छ । यद्यपि सामान्यतः बुट गरिसकेपछि क्रोम ओएस फ्लेक्स इन्सटलेसनको टुल लन्च गरेर कम्प्युटर पहिले भन्दा स्मुथ तरिकाले प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५