काठमाडौं । कामना सेवा विकास बैंकले औपचारिक रूपमा क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । योसँगै कामना सेवा क्रेडिट कार्ड प्रचलनमा ल्याउने पहिलो विकास बैंक बनेको छ ।
राष्ट्र बैंकले विकास बैंकलाई पनि क्रेडिट कार्ड प्रयोग गर्न अनुमति दिएपछि कामनाले यो सेवा सञ्चालनमा ल्याएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा कामना सेवाले आफ्नो क्रेडिट कार्ड सार्वजनिक गरेको छ । यसअघि वाणिज्य बैंकहरूले मात्र क्रेडिट र प्रिपेड कार्ड जारी गर्न पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८’ जारी गर्दै विकास बैंकलाई क्रेडिट कार्ड जारी गर्न अनुमति प्रदान गरेको थियो ।