काठमाडाैं । रूस-युक्रेनका युद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले फोर्टनाइट गेमले करिब १४ करोड ४० लाख डलर (करिब १७ अर्ब ४६ करोड रूपैयाँ) संकलन गरेको छ ।
युद्ध पीडितलाई सहयोग गर्ने उद्देश्यले फोर्टनाइटले २१ मार्चदेखि ३ अप्रिलसम्म प्लेयरले गेमका सामान किन्नका लागि गरेको खर्चलाई समेत समेटेको थियो ।
यो रकममा फोर्टनाइटका एक्स बक्स र पीसी प्लेयरहरुकाे गेमको खर्चलाई समावेश गरिएको छ ।
यो काममा फोर्टनाइटसँगै भिडिओ गेम, किताब र सफ्टवेयरहरू बेच्ने कम्पनी हम्बल बन्डलले पनि अनलाइनबाट युद्ध पीडित सहयोग गर्ने उद्देश्यले करिब दुई करोड डलर उठाएको छ ।