close

कतै तपाईंको जीमेल, फेसबुक वा आईक्लाउड आईडी ह्याक त भएको छैन ? यसरी पत्ता लगाउनुहोस् 

टेकपाना टेकपाना

चैत २४, २०७८ ९:३

कतै तपाईंको जीमेल, फेसबुक वा आईक्लाउड आईडी ह्याक त भएको छैन ? यसरी पत्ता लगाउनुहोस् 

काठमाडौं । बढ्दै गइरहेको साइबर अपराधका कारण आफ्ना विवरण अनलाइनमा अनावश्यक रुपमा सार्वजनिक भएको छ वा छैन भने थाहा पाउनु जरुरी छ । आजभोलि फेक म्यासेज, मालवेयर इन्स्टलेसन, फिशिङ ईमेल लगायत विभिन्न माध्यम मार्फत गलत सोच भएका व्यक्तिले प्रयोगकर्ताको विवरण चोरी गरिरहेका हुन्छन् ।

कहिलेकाहिँ त प्रयोगकर्ताले प्रयोग गर्ने डिभाइस नै ह्याक गरेर पनि संवेदनशील विवरण चोरी भइरहेकाे हुन्छ । ह्याकरले सामान्यतया प्रयोगकर्ताको डेटा चोरी गर्नको लागि जीमेल, फेसबुक र आईक्लाउडको अकाउन्टलाई आक्रमण गरिरहेका हुन्छन् ।

यस्तो अकाउन्टबाट ह्याकरले प्रयोगकर्ताको बैंक विवरण जस्ता संवेदनशील डेटा चोरी गर्न सक्छन् । यस्तो प्रकारको ह्याकिङबाट जोगिनको लागि  प्रयोगकर्ताहरूले केही विशेष कुरामा ध्यान दिन जरुरी छ ।

तपाईंको डिभाइस अथवा अकाउन्ट ह्याक भएको छ कि छैन भनेर थाहा पाउनको लागि केही संकेतमा ध्यान दिनुपर्ने हुन्छ । जसको मद्दतले तपाईंले आफ्नो डिभाइस तथा अकाउन्ट ह्याक भएको अथवा नभएको सहजै पत्ता लगाएर त्यस विरुद्ध सुरक्षित कदम उठाउन सक्नुहुन्छ । 

तपाईंको डिभाइस तथा अकाउन्ट ह्याक भएका केही संकेत:

– ह्याक भएको डिभाइस अन्य समयको सामान्य अवस्थामा भन्दा अस्वभाविक रुपमा स्लो हुनु 

– डिभाइसमा निरन्तर रुपमा फेक सुरक्षा चेतावनी र संकास्पद ब्राउजरको पप-अप म्यासेज आउनु 

– तपाईंले प्रयोग गर्ने ब्राउजर निरन्तर रुपमा अर्को वेबसाइटमा रिडाइरेक्ट हुनु 

– ब्राउजरमा ‘एक्स’ रेटेड पपअपहरू आउनु 

– फेसबुकमा तपाईंको साथीहरूलाई तपाईंको अकाउन्टबाट जथाभावी म्यासेज अथवा लिंकहरू जानु् 

– केही अवस्थामा भने डिभाइसमा कुनै अस्वभाविक गतिविधिको विषयमा नोटिफिकेसनहरू पठाउने गर्छ । यस्ता नोटिफिकेसनहरू ध्यान दिनुपर्छ । 

– ईमेलमा विभिन्न लट्री तथा सहयोगको नाममा फिशिङ ईमेल आउनु 

डिभाइस ह्याक भएको थाहा पाएपछि के गर्ने ? 

– डिभाइसको फ्याक्ट्री रिसेट गर्ने 

– एन्टि भाइरस प्रोग्राम इन्स्टल गर्ने 

– साइबर सेक्युरिटी विज्ञ अथवा सुरक्षाकर्मीहरूसँग परामर्श गर्ने       

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५