close

ट्वीटरको सम्पूर्ण शेयर खरिद गर्न चाहन्छन् एलन मस्क, टेस्ला र स्पेसएक्सपछि अब ट्वीटर ?

टेकपाना टेकपाना

बैशाख १, २०७९ १७:१८

ट्वीटरको सम्पूर्ण शेयर खरिद गर्न चाहन्छन् एलन मस्क, टेस्ला र स्पेसएक्सपछि अब ट्वीटर ?

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको शत प्रतिशत शेयर खरिद गर्ने ‘उत्तम र अन्तिम’ प्रस्ताव अघि सारेका छन् । यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसनमा बिहीबार दर्ताभएको फाइलमा प्रति शेयर ५४.२० अमेरिकी डलर नगदमा ट्वीटरको सबै शेयर खरिद गर्न तयार रहेको उल्लेख गरेका हुन् ।

यो प्रस्ताव पछि अप्रिल १३ मा ट्वीटरमा पुगेको हो । ट्वीटर निजीमा जानुपर्ने र त्यसपछि आवश्यक परिवर्तन गर्न सकिने मस्कको भनाई छ ।

यदि आफ्नो अफर स्वीकार नगरिएको खण्डमा शेयर होल्डरको रुपमा आफूले आफ्नो हैसियत पुनर्विचार गर्न आवश्यक ठानेको  मस्कले भनेका छन् ।

समाचार अनुसार प्रि मार्केटमा ट्वीटर शेयर १३ प्रतिशतले बढेको छ । तर टेस्लाको शेयर भने १.५ प्रतिशतले घटेको छ ।

यसको पछाडि ट्वीटरको ‘नम्बर वन’ फ्यान रहेका मस्क आफ्नो लगानीको नयाँ कम्पनी ट्वीटरका कारण टेस्लाप्रतिको लगाव कम हुने त्रासले काम गरेको छ ।

विश्वकै सर्वाधिक धनी व्यक्ति मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर यस अघि नै खरिद गरिसकेका छन् । त्यस लगत्तै उनलाई आफ्नो बोर्डमा नियुक्त गर्न घोषणा ट्वीटरले गरेको थियो । तर मस्कले त्यसलाई नकारिदिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४