close

युट्युवको आम्दानी घटेसँगै तीन महिनामै अल्फाबेटले गुमायो १ खर्ब नाफा

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १४:२८

युट्युवको आम्दानी घटेसँगै तीन महिनामै अल्फाबेटले गुमायो १ खर्ब नाफा

काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेटको नाफा करिब एक खर्ब २३ अर्ब रुपैयाँले घटेको छ । हालै कम्पनीले सार्वजनिक गरेको सन् २०२२ काे पहिलाे त्रैमासिक प्रतिवेदनमा करिब ८ प्रतिशतले नाफा घटेको उल्लेख छ ।

नाफा घट्नुको पछाडि युट्युवमा विज्ञापनको कमी र लगानीको मूल्यमा ह्रास आउनु रहेको बताइएकाे छ । अल्फाबेटले याे वर्षकाे पहिलाे त्रैमासमा १६.४४ अर्ब डलर नाफा गरेको छ । सन् २०२१ काे साेही अवधिमा कम्पनीले १७.९३ अर्ब डलर नाफा गरेको थियो ।

यसो त कम्पनीको नाफा २०२० को दोस्रो त्रैमासबाटै खस्किरहेको छ ।

गुगल तथा अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसपटक सर्च र क्लाउड सेवामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

उनका अनुसार सर्च र क्लाउडले डिजिटल ट्रान्सफर्मेसनलाई निरन्तरता दिएकाले मानिसहरूलाई त्यसतर्फ सहयोग पुर्‍याएको छ ।

उनले भनेका छन्, ‘हामी ठूला उत्पादन र सेवामा लगानी बढाई विश्वभरका आफ्ना पार्टनर र स्थानीय समुदायलाई अवसर सिर्जना गर्नेछौं ।’

लगानीकर्तालाई आह्वान गर्ने एक कार्यक्रममा पिचाईले युट्यव शर्टमा दैनिक ३० अर्ब ‘रिच’ पुगेको समेत जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२