close

वाटरमार्क बिना यसरी डाउनलोड गर्नुहोस् टिकटक भिडिओ

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १६:१

वाटरमार्क बिना यसरी डाउनलोड गर्नुहोस् टिकटक भिडिओ

काठमाडौं । टिकटकमा प्रयोगकर्ताले बढीमा १० मिनेटसम्मकाे भिडिओ अपलोड गर्न सक्छन् । यसबाट डाउनलोड गरिएको भिडिओमा प्रयोगकर्ताको नाम देखिन्छ ।

कतिपय परिस्थितिमा वाटरमार्क भएका भिडिओले हामीले जुन प्रयोजनका लागि भिडिओ डाउनलोड गरेका हौं, त्यसलाई बाधा पुर्‍याएको हुनसक्छ ।

त्यसैले पनि वाटरमार्क बिनाका भिडिओ आवश्यक हुनेगर्छ । टिकटकबाट सोझै सेभ गर्दा ग्यालरीमा वाटरमार्क सहितको भिडिओ डाउनलोड हुन्छ । त्यसैले हामीले त्यसको विकल्प खोज्नुपर्ने हुनसक्छ ।

आज हामी वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न सकिने उपायका बारेमा चर्चा गर्छौं । टिकटकमा तपाईंले तल दिइएको प्रक्रियाबाट सोझै वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न सक्नुहुन्छ ।

आईफोन प्रयोगकर्ताले के गर्ने ?

-सबैभन्दा पहिले आफ्नो आईफोनमा टिकटक एप खोल्नुहोस् ।

-तपाईंले डाउनलोड गर्न खोज्नुभएको भिडिओ भेटिसकेपछि त्यस पेजमा रहेको शेयरको आइकन अथवा तीनवटा डटमा ट्याप गर्नुहोस् ।

-त्यसपछि अन्तिममा रहेका आइकनहरूलाई बायाँतर्फ सार्नुहोस् र त्यहाँ ‘लाइभ भिडिओ’ भन्ने अप्सन देखिन्छ ।

-त्यसमा ट्याप गर्दा भिडिओ कन्भर्ट भएर ग्यालरीमा देखिन्छ ।

-अब ‘फोटोज’ एपमा जानुभयो भने तपाईंले कन्भर्ट गरेको भिडिओ देख्न सक्नुहुन्छ ।

-त्यसपछि त्यस भिडिओको सेन्ड आइकनमा गइसकेपछि तल सार्दा ‘सेभ भिडिओ’ भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्‍यो भने तपाईंले टिकटकको भिडिओ वाटरमार्कबिना आफ्नो ग्यालरीमा सेभ गर्न सक्हुन्छ ।

अन्य प्रयोगकर्ताले के गर्ने ?

तपाईंले आईफोनमा जस्तो एन्ड्रोइडमा टिकटकको भिडिओ वाटरमार्कबिना टिकटक एपबाट डाउनलोड गर्न सक्नुहुन्न । त्यसको विकल्पमा हामीले एउटा वेबसाइटको सहयोग लिनपर्ने हुन्छ ।

यो वेबसाइट हो, एसएसएसटिक डट आइओ । याे वेबसाइटमा कुनै पनि अकाउन्ट प्रयोग गर्न’नपर्ने भएकाले निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।

-सबैभन्दा पहिले तपाईंले आफूले डाउनलोड गर्न लागेको भिडिओको लिंक कपी गर्नुहाेस् । कपी गरिसकेपछि तपाईंले यस पेजमा गई जस्ट इन्सर्ट लिङ्क लेखिएको बक्समा पेस्ट गर्नुपर्ने हुन्छ ।

-त्यसपछि तल डाउनलोड लेखिएको अप्सन देखाएको अप्सनमा ट्याप गर्नुभयो भने अन्य अप्सनहरू देखिन्छन् । त्यसको पहिलोमा वाटरमार्कबिनाको भिडिओ डाउनलोड गर्न सकिन्छ, त्यस्तै क्रमशः वाटरमार्कबिनाको एचडी भिडिओ, वाटरमार्क बिनाको भिडिओ र एमपीथ्री मा डाउनलोड गर्ने अप्सन देखिन्छन् ।

-त्यसबाट दोस्रो विकल्प छान्नुभयो भने तपाईंले वाटरमार्क बिनाको एचडी भिडिओ डाउनलोड गर्न सक्हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२