काठमाडौं । तपाईंले नयाँ ल्यापटप खरिद गरेर ल्याउँदा ल्यापटपमा विभिन्न कम्पनीको ब्राण्ड लोगोसहितका स्टिकर देख्नुभएको छ । कहिले एक वा दुई त कहिले दुईभन्दा बढी कम्पनीको स्टिकर ल्यापटपमा राखिएको हुन्छ ।
ती स्टिकरहरूमा तपाईंले खरिद गरेकाे ल्यापटपमा प्रयोग भएका प्रोसेसरहरूको जानकारी उपलब्ध गराइएको हुन्छ । यद्यपि यी स्टिकरहरू ल्यापटपको बारेमा जानकारी दिनको लागि राखिएको जस्तो पनि लाग्न सक्छ ।
यद्यपि यसरी ल्यापटपमा विभिन्न ब्राण्डका स्टिकर हुनुमा धेरै कारणहरू छन् । ल्यापटपमा हुने ब्राण्ड स्टिकरको सबैभन्दा पहिलो कारण ‘ब्राण्ड’ को प्रचार नै हो । आफूले खरिद गरेको ल्यापटपमा कुन ब्राण्डका सामग्री प्रयोग गरिएको छ भनेर थाहा पाउन सकिन्छ ।
आफूले ल्यापटप खरिद गर्नुअगाडि सबैले बुझेर नै खरिद गरिहाल्छ नि भन्ने कुरा पनि आउनसक्छ । तर सबै जनालाई ब्राण्ड र सामग्रीको विषयमा जानकारी नहुन पनि सक्छ । अर्को कुरा यसले कम्पनीहरूको पनि प्रचार गर्दछ र यो कम्पनीको प्रचारको लागि राम्रो माध्यम हो ।
किनभने सामान्यतया ल्यापटप खरिद गरिसकेपछि यी स्टिकरहरू अधिकांशले झिक्दैनन् र झिक्न त्यति सहज पनि हुँदैन । यसको अर्थ हो, एक पटकको लगानीमा कम्पनीले सो प्रयोगकर्ताको माध्यमबाट आफ्नो कम्पनीको प्रचार लामो समयसम्म गर्न पाउँछन् ।
जसअन्तर्गत ल्यापटप कम्पनीले प्रोसेसर कम्पनीको स्टिकर आफ्नो ल्यापटपमा राख्नैपर्ने हुन्छ । त्यसैले यसले तपाईंको जानकारीका लागिभन्दा पनि कम्पनीको प्रचारको काम गर्दछ ।