काठमाडौं । मानिसहरूले केही अनौठो र अद्वितीय काम गरेको खण्डमा त्यो विश्व रेकर्डमा दर्ता हुन्छ । विभिन्न मानिसले आफ्नो फरक क्षमता र प्रतिभा देखाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने गर्छन् ।
आज हामी त्यस्ता प्रविधिका बारेमा चर्चा गर्दैछौँ, जसको नाम गिनिज बुक अफ वर्ड रेकर्डमा दर्ता छ ।
सबैभन्दा ठूलो सोलिड थ्रीडी प्रिन्टेड वस्तु
विश्वको सबैभन्दा ठूलो ठोस थ्रीडी प्रिन्टेड वस्तुको आकार २.०६ घन मिटर (७२.७८ घन फिट) रहेको छ । यो थ्रीडी सामग्रीबाट निर्माण गरेको सबैभन्दा ठूलो थ्रीडी डुङ्गा हो ।
यसलाई १० अक्टोबर २०१९ मा युनिभर्सिटी अफ मनिने एडभान्स्ड स्टक्चर्स एण्ड कम्पोजिट्स सेन्टर, यूएसए (University of Manine Advanced Structures and Composites Center, USA) ले निर्माण गरेको थियो ।
सो बोटको नाम थ्रीडिरिगो (3Dirigo) रहेको छ । यो विश्वको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टेड बोर्डका रूपमा गिनिज बुक अफ वर्ड रेकर्डमा दर्ता भएको छ ।
आकाशमा एकपटकमा उडाइएका सबैभन्दा धेरै हवाई वाहन
हामीले ड्रोनहरू त पक्कै देखेका छौँ होला । यदि देखेका छैनौं भने ड्रोन सटबाट खिचिएका भिडिओ क्लिप्स त पक्कै पनि हेरेका छौं होला ।
चीनको जुहाईमा रहेको शेनजेहन डामोडा इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडले गोङडोङमा गरेको लाइट शोले एकसाथ सबैभन्दा धेरै मानवरहित हवाई वाहन (Unmanned Aerial Vehicles UAVs) उडाएको रेकर्ड राखेको थियो । २० सेप्टेम्बर २०२० मा एकपटकमा उडाएर सो रेकर्ड कायम गरिएको थियो ।
विश्वको सबैभन्दा ठूलो हिँड्ने रोबोट
१५.५ मिटर (५१ फिट ६ ईन्च) लम्बाइ, १२.३३ मिटर (४० फिट ६ ईन्च) चौडाइ र ८.२० मिटर (२६ फिट १० ईन्च) उचाइ भएको चार खुट्टे हिँड्ने रोबोट विश्वको सबैभन्दा ठूलो रोबोट हो ।
जर्मनीको जन्डिट मा जोलनेर एलेक्ट्रोनिकले २७ सेप्टेम्बर २०१२ मा सार्वजनिक गरेको थियो ।
११ टन तौल भएको यो रोबोट ड्रागनको आकारमा निर्माण गरिएको छ । यसमा १४० हर्स पावर भएको २ लिटरको टर्बो डिजेल इन्जिन समावेश छ । जसका माध्यमबाट मुखबाट आगो फालेको देखाउन सकिन्छ ।