close

८३ करोडको चिठ्ठा पर्‍यो भन्दै अनलाइनमा ठगी गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

जेठ १०, २०७९ १५:१०

८३ करोडको चिठ्ठा पर्‍यो भन्दै अनलाइनमा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका-८ घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई पक्राउ गरेको हो ।

अभियुक्त श्रेष्ठले ह्वाट्सएप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई लट्री (चिठ्ठा) पर्‍यो भन्दै, झुक्क्याई रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निज श्रेष्ठले सामाजिक सञ्जालमा मानिसहरूलाई फोन र टेक्स्ट गरी कम्बोडियास्थित क्यासिनोमा काम गर्ने गरेको बताउँदै आएका थिए ।

सोही कम्पनीले आयोजना गरेको लट्री कार्यक्रममार्फत छ लाख करिब ८३ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा पीडितलाई परेको सुनाउँदै उनले रकम पाउन विभिन्न शुल्क लाग्ने भन्दै ठगी गरेका थिए ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार निज श्रेष्ठले पीडितबाट २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गरेका छन् । अहिले श्रेष्ठलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२